जाजरकोटका भूकम्प पीडित बालबालिकालाई जापान एनआरएनको २३ लाख सहयोग

जाजरकोटका भूकम्प पीडित बालबालिकालाई जापान एनआरएनको २३ लाख सहयोग

साउदी  : नेपालका भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि  जापान एनआरएनले २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ । गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित रकम गत २४ अगष्ट २०२४ शनिबारका दिन जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

एनआरएनए आईसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत् त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना गरी उद्देश्य अनुरूप सञ्चालनका लागि रकम हस्तान्तरण गरिएको ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ संकलन अभियानका संयोजक सुवास लामिछानेले जानकारी दिए

अध्यक्ष निउरेका अनुसार  अभियानबाट संकलित रकमलाई एनआरएनए आईसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत् उक्त शैक्षिक कार्यमा सहयोग गरिने बताए। साथै एनआरएनए आइसीसीसँगको परामर्शमा मुख्य गरेर भूकम्पमा परि आमा बुवाको मुत्यु भएका,भूकम्पमा परि बुवाको मृत्यु भएका,भूकम्पमा परी आमाको मृत्यु भएका बालबालिका मध्यबाट स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा केहि बालबालिकालाई आधारभूत देखि एसईईसम्म शैक्षिक रूपमा सहयोग गर्न उक्त कोष ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ स्थापना गरी सञ्चालन गरिने संयोजक सुवाब लामिछानेले जानकारी दिए।

एनआरएनए जापानले बागलुङको विहुमा स्थापना गरिएको करलिम कल्याण कोषका लागि जापानी येन १ लाख रकम समेत विहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलमार्फत् हस्तान्तरण गरिएको थियो। साथै मनाङ्गको लोकप्रिय माध्यामिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख जापानी येन सहयोग रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा उपस्थिति अन्य पदाधिकारीहरूले ‘भूकम्प पीडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ संकलन अभियानमा एनआरएनए जापानले शिक्षा क्षेत्रमा गरेको कार्यको प्रशंसा गदै नेपाली समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गरिनुको साथै भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुशी व्यक्त समेत गरे। 

एनआरएनए एसिया क्षेत्रीय समन्वय समितिका उप संयोजक दिपक कँडेलले एनआरएनए नेपालीलाई दुखेको ठाउँमा उपस्थित हुने मान्यता अनुरूप एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुशी व्यक्त गरे। 

कार्यक्रममा रकम हस्तान्तरित गर्दै कर्णाली प्रदेश समाजका अध्यक्ष शाहीले उद्देश्यअनुरूप कोष स्थापना र सञ्चालन गर्न आफूहरूले सम्बन्धित निकायलाई आवश्यक पहल र समन्वय गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.