माओवादी परामर्श बैठक : गण्डकीमा ५९ नेताले पेस गरे सुझाव

माओवादी परामर्श बैठक : गण्डकीमा ५९ नेताले पेस गरे सुझाव

पोखरा : नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सकिएको छ। बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता थियो। 

बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेस गरेका थिए। बैठकलाई अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए। 

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ। अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ।

बैठकमा अध्यक्ष दाहालसहित केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श लिने गरेका छन्। प्रदेश परामर्श बैठकमा अध्यक्ष दाहालले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन्। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रम जनतामा जाने माओवादीको तयारी छ। माओवादीको परामर्श बैठक असोज ३ गते सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.