टेक्ससमा 'अब नाच्छ अमेरिका'

टेक्ससमा 'अब नाच्छ अमेरिका'

टेक्सस : गोरखा ग्रुप एलएलसीले आगामी सेप्टेम्बर ८ मा अमेरिकाको टेक्ससस्थित अष्टिनमा 'अब नाच्छ अमेरिका' शीर्षकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली समुदायको महत्वपूर्ण चाड तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा चर्चित नेपाली कलाकारहरू रचना रिमाल, ज्योती मगर, सपनाश्री परियार र करिश्मा ढकालको प्रस्तुति रहनेछ।

कार्यक्रम साँझ ५ बजेदेखि राति ९:३० बजेसम्म एल पालासियो इभेन्ट सेन्टरमा सञ्चालन हुने आयोजक संस्थाले बताएको छ। यस कार्यक्रमले टेक्सस र वरपर रहेका नेपाली डायस्पोरालाई एकै ठाउँमा जुटाएर नेपाली संस्कृतिको जगेर्ना गर्ने र सामुदायिक भावना विकास गर्ने लक्ष्य राखेको आयोजक संस्था गोरखा ग्रुपका मेनेजिङ डाइरेक्टर डीबी रावतले जानकारी दिए। 

कार्यक्रमबारे आयोजक संस्थाका मेनेजिङ डाइरेक्टर रावतले भने, ‘चाडबाडका बेला यहाँ रहेको नेपाली समुदायको खुसीका लागि मनोरञ्जनात्मक कार्यक्रम आयोजन गरिएको हो। कार्यक्रममा सबैको उपस्थिति अपेक्षित छ।’ 

कार्यक्रमका लागि टिकट सामान्य प्रवेशका लागि ४३५ र भिआइपी प्रवेशका लागि ४१०० निर्धारण गरिएको छ। यस कार्यक्रमलाई सफल बनाउनका लागि एन्थोला इन्टरटेनमेन्ट, नमोनमस्ते इन्टरटेनमेन्ट, र नेप्लिज इन्टरटेनमेन्टले सहयोगी संस्थाको रूपमा साथ दिएका छन्। आयोजकहरूले सहभागीहरूको सुविधाका लागि पार्किङलगायत अन्य व्यवस्था मिलाएको जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.