समन्वय समिति अछामका प्रमुख र कांग्रेसका प्रवक्ताबीच कुटाकुट

समन्वय समिति अछामका प्रमुख र कांग्रेसका प्रवक्ताबीच कुटाकुट

अछाम : जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर र नेपाली कांग्रेसका प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ। 

शनिबार राती ११ बजे जिल्ला समन्वयको कार्यालयमा सँगै बसेर मदिरा सेवन गरेपछि दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ। दुई जनाबीच कुटाकुट हुँदा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ। शाहले मदिराको बोतल प्रहार गरेपछि कुँवरको टाउको चोट लागेको छ भने शाहको हातका चोट लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए। 

डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार शनिबार राति समन्वय प्रमुख कुँवरले आफूमाथि हातपात भएको भन्दै टेलिफोन मार्फत प्रहरीमा उजुरी गरेका थिए। स्वास्थ्य परीक्षणका क्रममा दुवैले मदिरा सेवन गरेको पाइएको डीएसपी भण्डारीले बताए। 

जिल्ला अछाम अस्पतालका अनुसार प्रमुख कुँवरको टाउकोमा ४ टाँका लगाइएको छ। कुँवरको अवस्था खतरामुक्त रहेर अस्पतालबाट  डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। विवादको विषय थाहा नभएको डीएसपी भण्डारीले बताए । समन्वय प्रमुख कुँवर नेपाली कांग्रेसबाट निर्वाचित हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.