टुँडीखेलमा नेताहरूविरुद्ध नाराबाजी, आक्रोशित हुँदै देउवाले भने- लाज छैन, यही हो सिकेर आएको?

टुँडीखेलमा नेताहरूविरुद्ध नाराबाजी, आक्रोशित हुँदै देउवाले भने- लाज छैन, यही हो सिकेर आएको?

काठमाडौं : गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध नाराबाजी भएको छ। सोमबार टुँडीखेलमा नेताहरूले मन्तव्य दिने क्रममा युवाहरूको समूहले नाराबाजी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए। क्रमशः पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए।

त्यलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्तव्य दिन आएका थिए। उनले सुरूमै नाराबाजी गर्नेहरूमाथि असन्तुष्टि व्यक्त गरेका थिए। गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए। 'कार्यक्रम बिथोल्ने, लाज छैन। यही हो नेपालको चलन? यही हो सिकेर आएको?,' सभापति देउवाले भने। उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए। प्रशंसा संरक्षण समूहले आयोजना गरेको कार्यक्रममा उनले 'समृद्ध नेपाल, सुखी नेपाली'बनाउने अभियानमा लाग्न आह्वान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.