पदाधिकारी चयन गर्ने प्रयास बिफल भएपछि चुनाव गर्ने एकीकृत समाजवादीको निर्णय

पदाधिकारी चयन गर्ने प्रयास बिफल भएपछि चुनाव गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : एकीकृत समाजवादी पार्टीले पदाधिकारी र पोलिष्टब्युरो कमिटी चयन गर्न निर्वाचनमा जाने भएको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो।

सहमतिबाट पदाधिकारी चयन गर्ने भनिए पनि पार्टी अध्यक्ष माधव कुमार नेपाल असफल बनेका थिए। पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सहमतिको नाममा समय बर्बाद भएको बताइन्। उनले भनिन्, ‘महाधिवेशनबाटै कमिटीहरू चयन गर्नुपर्ने थियो। तर, हामी सहमतिको नाममा लामो समय पर्खेर गल्ती गर्‍यौं।’

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको बताए। ‘भोलिसम्म चुनावको मिति तय हुन्छ। धेरै नेताहरू विभिन्न पदका आकांक्षी भए। त्यही भएर चुनावमा जानु परेको हो,’ अन्नपूर्णसँग उनले भने।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन गरिने छ। एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको  एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ। असार १६ देखि २० गतेसम्म काठमाडौंमा  पार्टीको १०औं राष्ट्रिय महाधिवेशन चलेको थियो। महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानितमा नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.