ओमानका विदेशमन्त्री आइपुगे काठमाडौं

ओमानका विदेशमन्त्री आइपुगे काठमाडौं

काठमाडौं : ओमानका विदेशमन्त्री सइद बदर बिन हमाद बिन हमुद बल्सुसैदी काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि उनी आठ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सोमबार नेपाल आइपुगेका हुन्। उनलाई परराष्ट्र सचिव सेवा भट्टराईले स्वागत गरेका थिए।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमाणमा आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी राणासँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मंगलबार बिहान ओमान र नेपालबीच द्विपक्षीय बैठक बस्नेछ। सो बैठकमा नेपाल र ओमानबीचको सम्बन्ध,श्रमलगायत द्विपक्षीय हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.