छिमेकी मुलुकविरुद्ध कार्ड खेल्ने काम हामी गर्दैनौं : प्रधानमन्त्री ओली

छिमेकी मुलुकविरुद्ध कार्ड खेल्ने काम हामी गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बीचमा देखिने समस्याहरूलाई खुलस्त रूपमा संवादमार्फत समाधान गर्न सकिने बताएका छन्। 

सोमबार काठमाडौंमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाकाबन्दी र भूराजनीतिक, कूटनीतिमा मेरो अनुभव र अनुभूति पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य कुरा भएको भन्दै ती विषयमा खुलस्त रूपमा संवाद गरेर समाधान गर्न सकिने बताएका हुन्। 

प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्त्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए। 

उनले नेपाल र भारत बीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धि लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरे। उक्त प्रतिवेदन भारतले बुझे सीमा विवाद लगायतका विषयमा थप संवाद गर्न सहज हुने उनले बताए। 

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धि हुनु युगान्तकारी काम भएको पनि स्मरण गरे। प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शिरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.