पहिरोले अवरुद्ध नौबिसे-मलेखु सडक दुईतर्फी सञ्चालन

पहिरोले अवरुद्ध नौबिसे-मलेखु सडक दुईतर्फी सञ्चालन

धादिङ : पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा लेदोमाटो सहितको पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र कुमार श्रेष्ठले सडक खुलेपछि जाममा परेका सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गरेको बताए। 

आदमघाट बजार नजिकै बेल्खुमा खसेको पहिरोको कारण साँझ ५ बजेदेखि सडक अवरुद्ध भएको थियो। वर्षाको समयमा नौबिसे–मलेखु सडक खण्डमा पटक-पटक पहिरो खस्दा सवारी सञ्चालन प्रभावित हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.