जुरेथुमस्थित कृष्ण मूर्ति प्राङ्गणमा श्रद्धालुको घुइँचो

जुरेथुमस्थित कृष्ण मूर्ति प्राङ्गणमा श्रद्धालुको घुइँचो

मकवानपुर : वैदिक सनातन धर्मावलम्बीहरूले आज मकवानपुरमा ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्। 

भक्तजनहरूले जिल्लाको विभिन्न ठाउँमा रहेका कृष्णमन्दिरमा भेला भई भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन तथा ‘व्रत’ गरी जन्माष्टमी मनाएका हुन्। 

हेटौडा–१७ हटियास्थित जुरेथुम पिकनिक तथा पर्यटन पार्कमा रहेको ४२ फिट अग्लो श्रीकृष्णको मूर्ति प्राङ्गणमा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूले श्रद्धापूर्वक आज पूजाआजा तथा भजनकीर्तन गरेको पार्कका अध्यक्ष संकरबहादुर राउतले बताए। 

त्यस्तै हेटौंडा–१७ स्थित जगत गुरुत्तम धाममा पनि आज हजारौँ भक्तजनहरूले भक्तिपूर्वक श्रीकृष्णको पूजाआजा गर्नुको साथै विभिन्न सांस्कृतिक प्रदर्शनी गरेका छन्। 

त्यस्तै ऐतिहासिक मकवानपुरगढी दरबारस्थित श्रीकृष्णको मूर्ति तथा हेटौंडा–६ चौघडास्थित वंशगोपालको मन्दिर, हेटौंडा–५ स्थित राधाकृष्ण मन्दिरलगायत जिल्लाका अन्य कृष्ण मन्दिरहरूमा आज सयौँको संख्यामा भक्तजनहरू उपस्थित भएका छन्। 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.