खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गरौं : मन्त्री यादव

खानेपानीका क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गरौं : मन्त्री यादव

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले देशभरि खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको २२औं स्थापना दिवसका अवसरमा सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सबाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारणले गर्दा खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आएको उल्लेख गरे। 

'आज सेता हिमाल काला हुँदैछन्, हिउँ पग्लिएको छ। पहाडमा पानीका मुहान सुक्न थालेका छन्। मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन,' उनले भने। चुरे दोहन तथा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरेर आवश्यक काम गर्न जरुरी रहेको उनले बताए। 

आउँदो दिनमा पानीकै लागि विश्वले ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने भन्दै उनले नेपालमा समस्या आउनुअघि नै सजग हुनपर्ने बताए। उनले खानेपानीका लागि बनेका ऐन, नियमावलीमा कुनै समस्या भए समाधान गरेर अगाडि बढ्न सकिने बताए। 

'ऐन, नियमावलीमा के लेखिएको छ यस कुरालाई लिएर तपाईँहरू डराउनुपर्दैन। नियमवाली परिर्वतन नहुने ग्रन्थ होइन, यो परिवर्तन हुने कुरा हो। जनताको हकहितका लागि आवश्यकतानुसार यसलाई परिवर्तन गर्नुपर्छ। उपभोक्ता तथा जनताको अहितमा हुने काम सरकारले कहिल्यै गर्दैन र अहित हुने प्रावधान परिवर्तन गर्न सकिन्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.