जसपा नेपालमा जिम्मेवारी बाँडफाँट

माओवादीबाट आएका शर्मा महासचिव, पूर्वमुख्यमन्त्री यादव रित्तै

माओवादीबाट आएका शर्मा महासचिव, पूर्वमुख्यमन्त्री यादव रित्तै

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले महाधिवेशनको लामो समयपछि पदाधिकारी चयन गरेको छ । नेकपा माओवादी केन्द्र छोडेर १७ वर्षपछि जसपा नेपालमा फर्किएका रामकुमार शर्मालाई महासचिव बनाइएको छ । उनले अध्यक्ष उपेन्द्र यादवबाट महासचिव पद उपहार पाएका छन् । 

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को साथ छोडेर वैशाखमा जसपा नेपालमा आएका शर्मालाई पार्टीको शक्तिशाली पद दिइएको हो । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको अध्यक्ष उपेन्द्र यादव र महासचिव शर्मा नै थिए । लामो समय अन्य पार्टीमा चाहारेर शर्मा अन्ततः उपेन्द्रसँगै पुगे । यसअघि मधेसको पूरा कार्यकाल मुख्यमन्त्री भएका लालबाबु राउतलाई पनि पार्टीको महासचिव चयन गरिएको छ ।

त्यस्तै, पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई चयन गरिएको छ । चेम्जोङ अशोक राईसँगै जसपा नेपालमा गएका थिए तर अशोक राईले पार्टी फुटाएर निस्केर जाँदा पनि चेम्जोङले पार्टी छोडेनन् ।

पाँच जना उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य छन् । त्यसैगरी उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की, रेखा यादव छन् । सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेपा, कमरुद्दीन राई, कोषाध्यक्ष सुरिताकुमारी साह चयन भएकी छन् । जसपा नेपालको राष्ट्रिय एकता महाधिवेशन जेठको २७, २८, २९, ३० गते गरेको थियो । जसपा नेपालले लामो समयसम्म पदाधिकारी चयन गर्न सकेको थिएन । माओवादी केन्द्रबाट फर्किनेबित्तिकै महासचिव भएका शर्माले खुसी प्रकट गरेका छ्न ।

‘मधेस विद्रोहमा उपेन्द्रजी मेरो नेता हुनुहुन्थ्यो, म उहाँको नेतृत्व मधेसी जनअधिकार फोरम नेपालको महासचिव थिए’, नवनियुक्त महासचिव शर्मा खुसी हुँदै भन्छन्, ‘मलाई अध्यक्षज्यूले विश्वास गर्नुभयो । तर, मलाई जिम्मेवारी पूरा गर्ने च्यालेन्ज आयो ।’ तर, अध्यक्ष उपेन्द्र यादव नेताको जिम्मेवारी बाँडफाँटमा चुकेका छन् । 

उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा चुनाव जिताएका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई उनले कुनै स्थान दिएका छैनन् । पदाधिकारीसहित ३१ सदस्य कार्यकारणी समितिमा उनले कहीँ कतै ठाउँ नपाएको देखिन्छ ।

सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यको चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग उपेन्द्र यादव हारेका थिए । बारा–२ बाट निर्वाचन जिताउन अहमभूमिका खेलेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले उपेन्द्र यादवलाई जिताउन निकै ठूलो गुण लगाएका थिए । तर, अहिले पार्टीभित्रै उपेन्द्र यादवले उनीमाथि अन्याय गरेको नेताहरू बताउँछन् । पूर्वमुख्यमन्त्री यादवले पदाधिकारीदेखि कार्यकारिणी समितिसम्म कतै ठाउँ पाएका छैनन् ।

‘पार्टीको पदाधिकारी, कार्यकारिणी समिति चयन गर्न सबै अधिकार अध्यक्ष उपेन्द्र यादवलाई हामी दिएका थियौं । उहाँले पार्टी भित्र जिम्मेवारीको वर्गीकरण गर्नुभएको छ । हामी आफ्नो अधिकार उहाँलाई दिएपछि सन्तुष्ट हुनै पर्छ नि ! मन पराएको सबै पद कहाँ पाइन्छ र ? ’, पार्टी प्रवक्ता मनिष सुमन हाँस्दै भन्छन्, ‘मैले नामावली बनाएको भए सच्चाइदिन्थेँ । अध्यक्षज्यूले धेरै मेहनत र सन्तुलन मिलाउन जीवनको गम्भीर मोडमा यो निर्णय गर्नुभएको छ ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.