अस्थायी विदेशी कामदार घटाउँदै क्यानडा

क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुग्यो

अस्थायी विदेशी कामदार घटाउँदै क्यानडा
फाइल तस्बिर।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने बताएका छन्।

उनले क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि बताए। जस्टिन ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत उक्त जानकारी दिएका हुन्। अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ।

'हामी क्यानाडामा आउने कम ज्यालाका र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं। श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूमा क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय आएको छ,' ट्रूडोले ट्विटरमा पोस्ट गरेका छन्।

क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो। यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दवाव परेको अर्थविद्हरू बताउँछन्।

संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानाडाको जनसंख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण आप्रवासीहरु बढ्नु हो। ट्रुडो र उनको सरकारको सेवा र आवास निर्माण जस्ता सुविधा नबढाइ आप्रवासीहरुको संख्या बढाएकोमा आलोचना भइरहेको छ।

पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ। यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.