रास्वपाको केन्द्रीय समिति बैठक जारी, मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय हुने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय चःमतीमा बिहानदेखि जारी बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुन लागेको कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रिय भेलाको तयारी,अनुशासनात्मक कारवाही,स्थानीय छाँया सरकार कार्यविधि लगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।
आजको बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री,प्रवक्ता तथा केन्द्रीय सदस्यबाट ढकाललाई हटाइएको थियो। ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुनेछ।