तितेपातीको उत्पादन दोलखामा, निर्यात जापानमा

तितेपातीको उत्पादन दोलखामा, निर्यात जापानमा

दोलखा : दोलखा जिल्लाको बैत्यश्वर गाउँपालिका– ७ का रेशम राजस्वराज रिमालले व्यावसायिक तितेपाती खेती सुरु गरेका छन्। उब्जनी नहुने, पाखा भित्ता बारीमा थोरै परि श्रम र लगानीबाट राम्रो आम्दानी लिन सकिने तितेपातीलाई जापान पठाउन सकिने उनको भनाइ छ।

रोपेको केही समयमा नै आम्दानी लिन सकिने तितेपातीको डाँठ, पात र बिरुवा सबै उपयोगमा आउँछ। रिमालले सात रोपनी जग्गामा तितेपाती खेती सुरु गरेका छन्। यस खेतीबाट वार्षिक खर्चको झन्डै ४० देखि ५० प्रतिशत नाफा हुने गरेको उनले बताए। खेत तथा सिमसार क्षेत्रमा भन्दा पाखोबारीमा राम्रो हुने यो व्यवसायमा प्रतिरोपनी २२ हजार ९ सय बिरुवा लाग्ने रिमालको भनाइ छ।

पाखोबारीमा गोबरमल हालेर जोती सम्याइँ ६/६ इन्चको दूरीमा कोदो रोपे झैं तीतेपातीलाई रोपिन्छ। रोपेको बिरुवा १० इन्च जति अग्लो भएपछि काट्न योग्य हुन्छ र पुनः सो ठाउँलाई सिँचाइ गर्न सजिलो हुनेगरी जोतेर सम्याइन्छ। त्यसपछि उक्त बिरुवा झन् बाक्लो भएर आउँछ। यदि दोस्रो पटक पनि पातलो नै आएमा पुनः ६ महिनापछि त्यसैगरी जोतेर सम्याउनुपर्ने तितेपाती व्यवसायी यामाशो एग्रो हब्र्स रिसर्च सेन्टरका सञ्चालक रेशम राजस्वराज रिमालले बताए।

यो बिरुवा एक पटक रोपेपछि फेरि रोप्न नपर्ने, बिरुवा नमर्ने तथा यसमा कुनै प्रकारको रोग नलाग्ने हुँदा खेती गर्न सजिलो हुन्छ। एक पटक रोपेपछि एक वर्षमा ४÷५ पटक काट्न मिल्ने र ४/५ वर्षमा एक पटक जोतेर सम्याउनुपर्ने हुन्छ। 

यो व्यवसायको मुख्य खर्च भनेको काट्न लाग्ने श्रम हो। तर ट्रिमरले काट्दा खर्च धेरै घट्ने र नाफा बढ्ने हुन्छ। यसको मुख्य समस्या ढुवानी र स्टोर हो। त्यसका लागि स्थानीयस्तरमा नै प्रशोधन गर्दा अत्ति उत्तम हुने र आम्दानी बढाउन सकिने रिमालको भनाइ छ। 

प्रशोधन गर्दा पातको पछाडिपट्टि रहेको सेतो पदार्थ (मोक्सा) निकालेर औषधिको रूपमा जापान पठाइन्छ। जापानमा रहेको यामाशो कम्पनी लिमिटेडले नेपालको मोक्सालाई ‘हिमालयन मोक्सा’ को नाममा ब्रान्डिङ गरेर जापान, युरोप, अमेरिकालगायत देशमा बिक्री गरिरहेको उनको भनाइ छ। हिमालयन मोक्साको माग उच्च भए पनि मागको ४० प्रतिशत हाराहारी मात्र नेपालबाट आपूर्ति हुन सकेको छ। स्थानीय स्तरमा नै उत्पादन, प्रशोधन र आपूर्तिको सुनिश्चितता दिने हो भने यसको बजार सुनिश्चित भएको रिमालको भनाइ छ। 

स्थानीय रोजगारी सिर्जना तथा व्यक्तिको दैनिक आयमा वृद्धिसमेत हुने हुँदा यो व्यवसायको उत्पादन, प्रवद्र्धनका लागि कृषि क्षेत्र र वन कार्यालयको विशेष ध्यान जान जरुरी रहेको व्यवसायी रिमालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.