सांसद अमरेश सिंहको प्रश्न : सडक दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ?

सांसद अमरेश सिंहको प्रश्न : सडक दुर्घटनाको जिम्मेवारी कसले लिन्छ ?

काठमाडौं : सांसद अमरेश कुमार सिंहले सडक दुर्घटनाको कारण पत्ता लगाउनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले दिनदिनै सडक दुर्घटनामा परी जनताले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुर्घटनाको मुख्य कारण पत्ता लगाउनुपर्ने बताएका हुन्।

'जतिपनि हाम्रो देशमा सडक दुर्घटना भइरहेका छन्। त्यो कसको कारणले भएको छ ? यसको जिम्मेवारी कसैले लिनुपर्छ कि पर्दैन? सरकारको जिम्मेवारी हो कि ? सम्बन्धित निकायको जिम्मेवारी हो ?  कि यातायात विभागको जिम्मेवारी हो। ट्राफिकको जिम्मेवारी हो कि । यात रोडको गुणस्तर दिनदिनै खराब भएर जाँदैछ, 'उनले भने, 'सडक दुर्घटनाको मुख्य कारण पत्ता लगाउन सरकारको ध्यानाकर्षण  गराउन चाहन्छु।'

उनले हरेक निर्माण व्यवसायी र व्यापारीहरूमा नेता बन्ने धौडधुप गर्ने खराब प्रवृत्ती देखिएको टिप्पणी गरे।  उनले भने, 'जम्मै निर्माण व्यवसायीलाई नेता बनाउने गरिन्छ। हरेक व्यापारी नेता बन्न चाहन्छ। हरेक नेता व्यापारी बन्न चाहन्छ। यो कसले छुट्याउँछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.