कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

काठमाडौं : भोलि बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको सरेको छ। मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्प्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने जानकारी दिएका छन्। 

साउन २ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा विभिन्न प्रस्तावित विषयहरूमाथि छलफल भइरहेको छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनसहित थप ११ एजेण्डामाथि छलफल भइरहेको छ।

प्रतिवेदनमाथि छलफल गर्न आज कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति खड्का र महामन्त्रीद्वय थापा र शर्मालाई बोलाएका थिए। गत फागुनमा भएको महासमिति बैठकले प्रतिवेदन परिमार्जनसहित पारित गर्ने अधिकार  केन्द्रीय समितिलाई दिएको छ।

केन्द्रीय समिति बैठक भदौमा सकिदैछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.