बाढीका कारण धादिङबेसीबाट उत्तरी क्षेत्रको सम्पर्क विच्छेद

बाढीका कारण धादिङबेसीबाट उत्तरी क्षेत्रको सम्पर्क विच्छेद
सुन्नुहोस्

धादिङ : थोपल खोलामा आएको बाढीले गर्दा नीलकण्ठ नगरपालिका-३ र १२ जोड्ने थोपलखोलाको कजवेसमेत बगाएपछि त सयौं मानिस सदरमुकाम आउनबाट वञ्चित भएका छन्। विद्यालय आउने बालबालिका र तरकारी तथा फलफूललगायत दुग्ध जन्य वस्तुहरू बिक्रीका लागि आउने किसानहरू समेत समस्यामा परेका छन्।

एप्रोच सडक बगाउँदा धादिङवेसीदेखि तिप्लङसम्म जोड्ने सडकको यातायातसमेत प्रभावित भएको छ। सो स्थानमा पक्की मोटरेवल पुल नहुँदा हरेक वर्षजसो मानिसले खोला तर्दा ज्यानको बाजी थापेर एप्रोच सडक ओहोर-दोहोर गर्ने गरेको गुनासोसमेत स्थानीयको छ।

अहिले कजवेको दुवैतर्फको एप्रोच सडक कटान गरी बाढीले बिगारेको छ। एकतर्फी भाग पूर्णरूपमा बगाएको छ भने अर्कोतर्फ खोलाले कटान सुरु गरेको छ। वर्षाका कारण उत्तरी धादिङतिर जाने सडकको ठाउँठाउँमा पहिरो आएको छ। दार्खाफेदीबाट माथितिर जान सक्ने अवस्था नै छैन। 

दार्खाफेदा पुक्की पुल बन्दै गरेको भए पनि पुल निर्माण सकिएको छैन। सडकमाथिबाट बाढी र पहिरो आएपछि दार्खा, झार्लाङ, लापा, सेर्तुङ, तिप्लिङ लगायतका स्थानमा एक महिना अघिदेखि नै सडक बन्द छ। सो क्षेत्रका मानिस पैदल हिँडेर आवतजावत गर्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.