पोखरीमा डुबेर ७ वर्षीय बालक ज्यान गयो
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १३ स्थित पूर्व-पश्चिम बरुवा बसपार्क नजिकको पोखरीमा पौडी खेल्नेक्रममा ७ वर्षीय बालकको ज्यान गएको छ।
मंगलबार तीन जना साथीसँग पौडी खेल्न गएका ७ वर्षीय बालक त्रियुगा नपा ११ पिजीचोकका रिचेश राईको पोखरीमा डुबेर ज्यान गएको हो। पौडी खेल्नेक्रममा तीनै जना डुबेकोमा अन्य दुई जना निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईले जानकारी दिए।
मृतक बालकको शव घट्नास्थलको सर्जमिन मुचुल्का पछि जिल्ला अस्पताल उदयपुरमा पोष्टर्माटमका लागि पठाइएको छ भने घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।