भियतनाममा अक्टोबरमा नयाँ राष्ट्रपति चयन गरिने

भियतनाममा अक्टोबरमा नयाँ राष्ट्रपति चयन गरिने
सुन्नुहोस्

भियतनामको राष्ट्रिय सभाले अक्टोबरमा देशको नयाँ राष्ट्रपति चयन गर्ने राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ ।

कम्युनिष्ट पार्टीको महासचिव शीर्ष पदमा रहने भियतनामको चार–स्तम्भ नेतृत्व संरचनामा राष्ट्रपति एक प्रमुख पद हो जसमा प्रधानमन्त्री र राष्ट्रिय सभाको प्रमुख पनि समावेश रहेका छन् । 

'राष्ट्रिय सभाले अक्टोबरमा आफ्नो नियमित सत्रमा राष्ट्रपतिको रिक्त पद पूर्ती गर्नेछ', राज्यद्वारा सञ्चालित भ्वाइस अफ भियतनामले मङ्गलबार राष्ट्रिय सभाको स्रोतलाई उद्धृत गर्दै जनएको हो । 

भियतनामका कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङको मृत्युपछि वर्तमान राष्ट्रपति टू लामलाई यस महिना सत्तारुढ कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरेपछि राष्ट्रपतिको पद रिक्त भएको हो । 

सन् २०११ देखि कम्युनिस्ट पार्टी प्रमुख रहेका ट्रोङ अक्टोबर २०१८ देखि अप्रिल २०२१ सम्म आफैं राष्ट्रपतिको पद पनि सम्हालेका थिए।

स्थिरतमा जोड दिने एक–दलीय देश भियतनाममा राजनीतिक परिवर्तनहरू दशकौँसम्म सावधानीपूर्वक व्यवस्थित गरिएको थियो।  तर 'ब्लेजिङ फरनेश' भनिने एउटा प्रमुख भ्रष्टाचार विरोधी शुद्धीकरणले हालका वर्षहरूमा देशका केही शीर्ष नेताहरूसहित धेरै राजनीतिज्ञ र अधिकारीहरूलाई भ्रष्टाचार अभियोग लगाएपछि भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ । 

भ्रष्टाचार आरोप लागेपछि सन् २०२१ देखि दुई राष्ट्रपति नुयन सुआन फुकले राष्ट्रपति भएको दुई वर्ष पनि नपुग्दै र उनका उत्तराधिकारी भो भान थुङले राष्ट्रपति भएको १४ महिनामै राजीनामा दिएका थिए ।  रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.