भारतीय बस झिक्न अझै सकिएन

भारतीय बस झिक्न अझै सकिएन
सुन्नुहोस्

गोरखा : आँबुखैरेनीको ऐनापहरामा दुर्घटना भएको ५ दिन बितिसक्दा पनि भारतीय बस सडकमा निकाल्न सकिएको छैन । गत शुक्रबार आँबुखैरेनी २ ऐनापहराबाट करिब डेढसय मिटर तल मस्र्याङ्दी किनारमा पुगेको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस मंगलबारसम्म पनि सडकमा उतार्न नसकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि बस निकाल्न दिनहूँजसो प्रयास भइरहेको छ । सो बस निकाल्न गत सोमबार बिहान आठबजेदेखि १२ बजेसम्म चारघण्टा सडक बन्द गरिएको थियो । ‘बस तान्न दुइटा क्रेनको प्रयोग गरिएको थियो, तैपनि सकिएन’, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापा भन्छन्, ‘मुस्किलले रोडभन्दा तलको केही समथर भूभागसम्म ल्याएर राख्ने काम भयो’, इन्स्पेक्टर थापा भन्छन्, ‘त्यहाँ हुक लगाएर राखिएको छ । ठूलो आँधीहुरी आयो भने फेरि पल्टाएर मस्र्याङ्दी किनारमै पुर्‍याउँछ जस्तो छ ।’ तैपनि जसोतसो सो बस निकालेर सुरक्षित ठाउँमा राख्ने प्रहरीको तयारी छ ।

सो बस दुर्घटनामा मृत्यु भएका भनिएका २७ मध्ये एक जनाको शव अहिलेसम्म हराइरहेको छ । सो शव बसभित्र वा बसले चेपेर राखेको छ कि भन्ने आशंका थियो तर, कुनै पनि शव फेला नपरेको उनको भनाइ छ । 

बसलाई मस्र्याङ्दी किनारबाट तानेर भीरमा राखेपछि शव घटनास्थलमा छ भन्ने आशंका समाप्त भएको छ । ‘तैपनि शव भेटिन्छ कि भन्ने आशामा भारतीय दूतावासका दुई जना कर्मचारी पर्खेर बसेका थिए । बस निकालेर भीरमा पुर्‍याउँदासम्म पनि शव भेटिएन । त्यसपछि दूतावासका कर्मचारीहरू पनि फर्किए’, प्रहरी निरीक्षक थापाले भने, ‘त्यो बस सडकमा निकालेर भारतीय दूतावासलाई बुझाउने योजनामा छौं । तर, कहिलेसम्म त्यसो गर्न सकिन्छ भन्ने कुरा एकिन छैन ।’ चालकसहित ४३ जना तीर्थयात्री रहेको सो बस गत भदौ ७ गते दुर्घटना भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.