राष्ट्रपतिद्वारा ऐतिहासिक विजय उत्सव रथयात्रा अवलोकन

राष्ट्रपतिद्वारा ऐतिहासिक विजय उत्सव रथयात्रा अवलोकन
सुन्नुहोस्

तानसेन : राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पामा २०५औं ऐतिहासिक विजयोत्सव भगवती रथयात्राको अवलोकन गरेका छन्। नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको खुसियालीमा पाल्पाको सदरमुकाम तानसेनमा मंगलबार उक्त रथयात्रा निकालिएको हो। वि. सं १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पा, नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो। तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुईपटकसम्म अंगे्रज सेनासँग युद्धमा नेपालले विजय हासिल गरेको थियो। 

nullरथयात्राको अवलोकनसँगै राष्ट्रपति पौडेलले भगवती मन्दिरमा पूजाआजासमेत गरे। विजयोत्सवको रक्षामन्त्री मानवीर राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीनाथ पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश अर्थमन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेश सभामुख तुलाराम घर्तीमगरलगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गरे। विजयोत्सव अवलोकनको क्रममा राष्ट्रपती पौडेलले मन्दिरको पुरानै शैलीमा जीर्णाेद्धार गर्ने, विजयोत्सव भगवती जात्रालाई राष्ट्रिय दिवसको मान्यता दिने र दरबार परिसरलाई व्यस्थित गर्दै विश्व सम्पदा सूचीमा राख्न आवश्यक प्रक्रियाका लागि चासो राखेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। 

प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण नवमीको दिन विजयोत्सव स्वरूप भगवती जात्रा मनाउनु गौरवको विषय रहेको राष्ट्रपति पौडेलले बताए। लुम्बिनी प्रदेश सरकारले भगवती रथयात्रालाई ऐतिहासिक दिनको रूपमा मान्यता दिँदै आएको छ। विजयोत्सवमा भगवती रथयात्रामा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवती मन्दिरको जीर्णाेद्धार र दरबार परिसर व्यवस्थापनका लागि सरकारले चाहिने बजेट सहयोग गर्ने प्रतिबद्धता जनाए। 

nullविजयोत्सव स्वरूप भगवती रथयात्रा मंगलबार १२ः३० बजेको समयमा उठाइ तानसेन बजारको चोकचोकमा घुमाइएको छ। तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको तीनतले मन्दिर बनाइ भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए। २ पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले गजुरसहितको ३ तले मन्दिर निर्माण पूरा गरे। त्यसपछि, वि.स. १९७७ सालदेखि तानसेनमा अंग्रेजी सेनालाई जितेको खुसियालीमा विजयोत्सव मनाउन थालिएको हो। 

nullविजयोत्सव भगवती रथयात्राको राष्ट्रपति तथा उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गरेबाट मन्दिर परिसरको जीर्णाेद्धार हुनेमा पाल्पालीको विश्वास बढेको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए। 

तत्कालीन युद्धमा अंग्रेज सेनाको नेतृत्व जनरल उडले गरेका थिए। पाल्पा नुवाकोट बुटवल जितगढी युद्धमा नेपालसँग हारेपछि अंग्रेज सेनाका कमान्डर जनरल उडलाई अंग्रेज सरकारले कारबाही गरेको इतिहासमा उल्लेख छ। 

null​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.