एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौं : नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। मंगलबार भएको मतदानपछि भएको मतगणनामा एकीकृत समाजवादीको सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन्।  

राईले १८९ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वि झाँक्रीले ११२ मत ल्याएकी हुन्।

एमाले विभाजनको माधव नेपालको हात समाएर निर्वाचन आयोगमा दल दर्ताका लागि पुर्‍याउँदा युवा नेतृ झाँक्रीको चर्चा बढेको थियो। एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)की सचिव झाक्री गएको प्रतिनिधि सभाको निर्वाचनमा माओवादी र कांग्रेको साथ पाएपनि एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी थिइन्। 

काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिकट नेताहरु निर्वाचित भएका छन्। यद्यपी निर्वाचन समितिले  पदाधिकारीको अन्तिम मत परिणाम घोषणा गर्न भने बाँकी रहेको छ। 

एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई १० औं महाधिवेशनको नाम दिएर भएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा दोहोर्‍याएर घोषणा भएको थियो। निर्वाचन हुँदा खनालको समर्थनमा अध्यक्षमा भुसालले दाबी गरेका थिए। उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि लामोसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन। 

सहमतिबाट पदाधिकारी चयन गर्ने भनिए पनि पार्टी अध्यक्ष माधव कुमार नेपाल असफल बनेका थिए। उम्मेदवार मनोनयन गरेपनि मंगलबार घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै  वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका थिए। बाँकी पदमा निर्वाचन भएको हो। गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको राष्ट्रिय महाधिवेशन चलेको थियो। 
 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.