अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या

अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गोली हानी हत्या
सांकेतिक तस्बिर
सुन्नुहोस्

अमेरिका : अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

सोमबार अपराह्न अपार्टमेन्टको कोठाभित्र शव भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटनाबारे जानकारी दिइसकिएको छ । मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिनअघि फोनमा कुराकानी गरेकी थिइन् । मुना परिवारकी एक मात्र सन्तान थिइन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.