त्रिशूली अस्पतालमा १६ सय बढीको शल्यक्रिया

त्रिशूली अस्पतालमा १६ सय बढीको शल्यक्रिया

नुवाकोट : तीन जिल्लाका सर्वसाधारणको उपचार हुँदै आएको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा गतवर्ष एकहजार ६ सय जनाभन्दा बढीको शल्यक्रिया गरिएको छ। सोही अवधिमा डेढ लाख बढीले उपचार सेवा पाएका छन्।

नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुँदै आएको त्रिशूली अस्पतालमा गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न प्रकृतिका १ हजार ६ सय ९४ जनाको शल्यक्रिया गरिएको छ। वागमति प्रदेशस्तरमा उत्कृष्ट ठहरिएको त्रिशूली अस्पतालमा दैनिक रुपमा पाँच सय जनाको उपचार हुँदै आएको छ। 

त्रिशूली अस्पतालबाट गत वर्ष विभिन्न प्रकृतिका १ लाख ५९ हजार ४ सय ३५ जना बिरामीले विविध स्वास्थ्य उपचार सेवा लिएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाको भनाइ छ। उनका अनुसार शल्यक्रिया सेवाबाट आम सर्वसाधारणको काठमाडौं जानु पर्ने बाध्यता अन्त्य भएको छ। 

गत आवमा त्रिशूली अस्पतालमा प्रसुतितर्फ ६ सय ७३ जना, एक्स–रे सेवामा २४ हजार ४ सय २ जना, युएसजि १५ हजार २ सय ४९ जना, इको २२ जना, सिटिस्क्यान २७ जना र डेक्सास्क्यान १ सय ४८ जना बिरामी लगायतले सेवा लिएका अस्पतालका निमित्त निर्देशकसमेत रहेका डा. लामाको भनाइ छ। अस्पतालमा साधारणदेखि सघन शल्यक्रिया सेवामा सर्वसाधारण बिरामीको आकर्षण बढिरहेको छ। 

जसमध्ये हाडजजोर्नी र परिवार नियोजनसम्बन्धी शल्यक्रिया बढी गरेको डा. लामाले बताए। अस्पतालमा हाल १७ विशेषज्ञ चिकित्सक र १४ जना मेडिकल अधिकृतहरूले सेवा दिइरहेका छन्। 

अस्पताल व्यवस्थापन समितिबाट थप जनशक्तिको व्यवस्थापन गरी अस्पतालमा सबै किसिमका गरी कुल २ सय २ जना चिकित्सक र कर्मचारीले सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक सरदर ४ सय ३७ जना बिरामीले चेकजाँज गर्ने गरेको निर्देशक डा. लामाले बताए।

अस्पतालमा विभिन्न प्रयाोगशाला परीक्षणमा २ लाख ४८ हजार पटक परीक्षण गरिएको अस्पतालका मेडिकल रेकर्डर नारायण प्याकुरेलले जानकारी दिए। सामाजिक सेवा एकाईमार्फत आव. २०८०/०८१ मा महिला १ सय ९४ पुरुष २ सय १७ गरी कुल ४ सय ११ जनाले  सेवा लिएको सहजकर्ता शारदा पराजुलीवोगटीले जानकारी दिइन्। 

अस्पतालमा ३५ हजार ४ सय ८० जना बिरामीले स्वास्थ्य बिमाको उपचार गरेका छन्। हाल अस्पतालमा दैनिक करिब १ सय ५० देखि २ सय ५० जना बिमितहरु उपचारको लागि आउने गरेका छन्।

अस्पतालमा विमितहरुमध्ये आकस्मिक विभागबाट ९२ जना बहिरङ्ग विभागबाट २ सय १९ जना अन्तरङ्ग विभागबाट १ सय जना बिरामीले सेवा लिएका छन्। जसमा गरिब, अतिगरिब गरी ३ सय १७ जना, असहाय १३ जना, अपाङ्गता भएका व्यक्ति ३९ जना, जेष्ठ नागरिक २३ जना, महिला स्वास्थ्य स्वयंसेविका २ जना, प्रहरीले ल्याएका थुनुवा १७ जनाले सेवा लिएको सहजकर्ता पराजुलीको भनाई छ। 

जेरियाट्रिक कार्यक्रमबाट ४ सय ७८ जना जेष्ठ नागरिकहरुले सेवा लिएका छन्। अस्पतालले विदुर नगरपालिकाको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिँदै आइरहेको छ।

त्रिशूली अस्पतालमा महिला १ सय ३४ र पुरुष १ सय १३ गरी कुल २ सय ४७ जना बिरामीले सघन उपाचार सेवा लिएकोमा १४ जना बिरामीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालको एकद्वार सेवा व्यवस्थापनबाट लैङ्गिक हिंसामा परेका बलात्कृत २० जना गरी अन्य ४६ जनाले सेवा लिएका छन्।

गत २०२१ साल साउन ११ गते त्रिशूली जलविद्युत केन्द्रका कर्मचारीहरूको स्वास्थ्य उपचारको लागि स्थापित सो अस्पताल ६० वर्षमा प्रवेश गरेको छ। सो अस्पतालको साधारण स्वास्थ्य केन्द्रको विकसित रुप नै अहिलेको त्रिशूली अस्पताल हो। 

२०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि खुल्ला गरिएसँगै जिल्ला अस्पताल त्रिशूलीले हाल नुवाकोट, रसुवा र धादिङका जनताको स्वास्थ्य उपचारमा सेवा पुर्‍याउँदै आइरहेको छ। त्रिशूली अस्पताल नुवाकोटले सिटी स्क्यान र मुटु सम्बन्धी उपचार तथा परीक्षणको लागि ईको सेवा सञ्चालन गरेको छ।

यससँगै टाउको तथा मेरूदण्ड, पेट र फोक्सो सम्बन्धी रोगको परीक्षण तथा उपचारको लागि सिटी स्क्यान सेवा त्रिशूली अस्पतालमै सुरु भएको छ। त्यसैगरी मुटुको भल्व र रक्त प्रणाली सम्बन्धी समस्याको परीक्षण र उपचार पनि जिल्लामै सम्भव भएको डा. राजेन्द्र लामाको भनाइ छ।

यसैबीच त्रिशूली अस्पतालमा दुरपिनको सहायताले गरिने अप्रेसन सुरु गरिएको छ। चिकित्सकहरूको टोलीले दुरपिनको सहायताले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया र ल्याप्रोस्कोपी शल्यक्रिया गरेको हो। 

अस्पतालका निर्देशक तथा जनरल सर्जन डा.  राजेन्द्र लामा, जनरल सर्जन डा.सौरभ, एनेस्थेसियोलोजिस्ट डा.  पार्वती  र ओटी इन्चार्ज चारु थापामगर लगायतको टिमले दुरपिनको सहायताले लगातार दुईवटा शल्यक्रिया गरेको हो।  यसबाट बिरामीहरू काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.