सोल्टी इन्टरप्राइजेज र गेट कलेजबीच सम्झौता

सोल्टी इन्टरप्राइजेज र गेट कलेजबीच सम्झौता
सुन्नुहोस्

काठमाडौं : सोल्टी होटलको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राइजेज र ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजबीच सम्झौता भएको छ। कम्पनीबीच सहलगानीबाट शैक्षिक विकास तथा उत्कृष्ट मानव विकासको लागि  निवेश प्रवाह गर्ने परिवर्तनकारी समझदारीमा मंगलबार हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लर्काइले हस्ताक्षर गरेका हुन्।  साविक गेट कलेजलाई संयुक्त ब्राण्ड 'सोल्टी गेट कलेज' बाट सञ्चालन गर्ने सहमति भएको सोल्टी इन्टरप्राइजेजले जानकारी दिएको छ।

सोल्टी र कलेजबीचको सहमतिबाट होटल व्यावस्थापन सम्बन्धी उच्च शैक्षिक अध्यापनका लागि अतुलनीय हुने विश्वास लिइएको छ। उक्त रणनीतिक लगानीसम्बन्धी सहमतिले शिक्षामा लगानीको विषयमात्रै नभइ आतिथ्य तथा होटल व्यवस्थापन क्षेत्रमा आधुनिकतम शैक्षिक नवप्रवर्तनलाई अगाडि बढाउने उद्देश्य लिइएको जनाइएको छ।

सोल्टी इन्टरप्राइजेज र गेट कलेजको यस कार्यले आतिथ्य तथा होटेल व्यावस्थापन शैक्षिक उत्कृष्टतामा नयाँ आयाम तथा मानक निर्धारण गर्ने अपेक्षा गरिएको छ । नेपालको होटल उद्योगमा तथा विश्व परिदृश्यमा समेत नेपाली दक्ष शैक्षिक जनशक्तिको आवश्यकता बढ्दै  गएको अवस्थामा सोल्टी गेट कलेजको यो समिश्रणले स्वदेशका अलावा विदेशमा समेत दक्ष,कुशल तथा सक्षम मानव स्रोतको परिपूर्ति गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिइएको छ।

कलेजले विद्यार्थीहरूलाई असाधारण सिकाइ अनुभवहरू,उन्नत शैक्षिक स्रोतहरू,आतिथ्य व्यवस्थापन शिक्षामा व्यक्तिगत र व्यावसायिक अभिवृद्धिका लागि अवसरहरू प्रदान गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.