पलेशा र भरतको प्रतिद्वन्द्वी तय

पलेशा र भरतको प्रतिद्वन्द्वी तय
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली खेलाडी पलेसा गोवद्र्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ। मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।

पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्ने छन्। उनको स्पर्धा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा जम्मा १२ खेलाडी छन्। भरत वाइल्ड कार्डमार्फत छनोट भएका हुन्।

के– ४४ क्याटगोरीकै महिला ५७ केजीमुनि पलेसाले भेनेन्जुएलाकी भलेरिया मोराल्ससँग अगष्ट ३० तारिखमा खेल्ने छिन्। यो स्पर्धामा ११ खेलाडी छन्। पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन। पलेसा छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन्। गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। 

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेसा पहिलो नेपाली खेलाडी हुन्। पलेसा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कांस्य पदक विजेता हुन्। पदकको आशा गरिएकी पलेशासँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव छ। त्यस पारालिम्पिकमा पलेसा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग चुकेकी थिइन्।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा एक महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको हो। तेक्वान्दो टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ छन्। पेरिस पारालिम्पिकमा पलेसा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.