‘राजस्व र रोजगारीमा योगदान पुर्‍याएको अटोमोबाइल्सलाई राज्यको संरक्षण मिल्छ’

‘राजस्व र रोजगारीमा योगदान पुर्‍याएको अटोमोबाइल्सलाई राज्यको संरक्षण मिल्छ’

काठमाडौं : यतिबेला  काठमाडौंको भृकुटीमण्डपमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे इन्धनले चल्नेदेखि  विद्युत् चार्जले चल्ने ‘ईभी’ सवारीहरूले भरिएको छ । १६औं संस्करण स्वरूप भदौ  ११ गतेदेखि अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सुरु गरेको ६ दिने  ‘नाडा अटो सो २०२४’ ले भृकुटीमण्डपमा रौनकता थपेको छ । प्रदर्शनमा सार्वजनिक  भएका नयाँ सवारीबारे बुझ्न र किन्न इच्छुक ग्राहकको भीड लागेको छ । नाडा  अटो सोले स्किमसहित सहुलियत मूल्यमा रोजीरोजी सवारी खरिदको अवसर  जुराएको छ ।

मंगलबार नाडा अटो शोको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले अटोमोबाइल व्यवसायलाई हिजोको  दिनमा दुःख दिने वा प्राथमिकता नदिने जस्ता जेसुकै गतिविधि भए पनि अब भने  पूर्णसंरक्षण गर्ने आश्वासन दिएका छन् । 

यसैक्रममा उनले समग्र  अटोमोबाइल व्यवसायीलाई ढाडस दिँदै भने, ‘अटोमोबाइल क्षेत्रलाई राज्यले  दुःख दिनुहुँदैन भन्नेमा हामी सजग छौं । हिजोको दिनमा भयो होला आज  त्यस्तो भएको छैन । यो क्षेत्रले राजस्व र रोजगारीमा पुर्‍याएको योगदान  गरेको छ । यसैले सरकारले व्यवसायीलाई सहयोग गर्छ । सरकारले नीतिगत स्थिरता  कायम गर्नुपर्ने व्यवसायीको जायज माग हो । यसलाई सुनिश्चित गर्न सरकार अघि  बढ्छ । नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिने भएकाले अहिलेको सरकारले  स्थिरता कायम गर्नेछ ।’ 

यसैक्रममा उनले  अटोमोबाइल क्षेत्रलाई  नतिजा–आधारित नीति निर्माण गर्ने आश्वासन दिँदै भने, ‘अटो मोबाईल  विकाससँग जोडिने भएकाले अब सडक पूर्वाधारमा समयमै सकाउनेतर्फ लाग्ने छौं ।’  निर्माण क्षेत्रको समस्या र अटो क्षेत्रमा देखिएका अन्य चुनौतीहरूको सामना गर्न  सरकार कटिबध भएको उनको भनाइ थियो । 

उद्घाटनमा नाडा अध्यक्ष  करणकुमार चौधरीले नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले अटोमोबाइल्स  क्षेत्रको कुनै पनि माग सम्बोधन नगरेको गुनासोमा प्रतिक्रिया दिँदै अर्थमन्त्री  पौडेलले प्रत्यक्ष माग नसमेटे पनि समग्र अर्थतन्त्र उकास्न मद्दत गरेको तर्क गरे ।

यता नाडा अध्यक्ष चौधरी भनेसरकारले अटो मोबाइल क्षेत्रलाई प्राथमिकतामा नपर्दा  व्यवसायीहरू मारमा परेको बताए । यसैक्रममा उनले भने, ‘खर्बभन्दा बढी लगानी  गरेका छौं । यो क्षेत्र पारदर्शी छ । तर, कतिपयमा व्यवसायी चोरी गर्छन् भन्ने  भ्रम छ । त्यसो होइन बरु व्यवसायीहरू त्रासमा छन् । यसर्थ अहिलेको सरकारमाथि  ठूलो आशा छ । नीतिगत स्थिरता सरकारको नारा बनोस्,’ यस्तै नाडा अध्यक्ष  चौधरीले अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न, व्यवसायीलाई नेपालमै  टिक्ने वातावरण बनाउन, हायर पर्चेजको व्यवस्था सबलाई समान बनाउन, सन्दर्भमूल्य  सूचीलाई खारेज राख्न सीमा नाकामा कडाइ गरी चोरी आयात रोक्न पनि सरकारसमक्ष  माग गरेका छन् । 

यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष  कमलेश अग्रवालले डिजेल तथा पेट्रेलोमा उच्च करका दर घटाउन बरु करका दायरा बढाउन सरकारको ध्यानाकर्षण गरे । यससँगै उनले ईभी (विद्युतीय सवारी)को  प्रयोग बढेसँगै सरकारले  यसको पूर्वाधार बनाउनमा जोड दिनुपर्ने सुझाव दिए ।  यसैगरी, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार  अग्रवालले विगत ३ वर्षदेखि मुलुकको अर्थतन्त्र कमजोर भइरहेको र अझै बजारमा  माग नबढेकाले मजबुत हुन नसकिरहेको गुनासो गरे ।  

यद्यपि अहिले सरकारको  राजस्व र पुँजीबजारको सकारात्मक पक्षले आशा पलाएको उनको भनाइ छ । अझै  बैंकमा पैसा थुप्रिएकाले अब यसमा ध्यान दिन उनले अनुरोध गरे । अटो क्षेत्र  निर्माण, विकाससँग जोडिने भएकाले सरकारले पुँजीगत खर्च बढाउनमा ध्यान  दिनुपर्नेमा परिसंघ अध्यक्ष अग्रवाल जोड छ । 

यस्तै, नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नाडा अटो शोले समग्रमा अटोमोबाइल  क्षेत्रबारे जानकारी दिने भएकाले महत्वपूर्ण भएको बताए । तर, नीतिगत तहले अटो  मोबाइललाई बिलासीताका रूपमा मात्रै लिएकोमा दुःख व्यक्त गरे । यसबारे  प्रष्ट्याउँदै उनले भने, ‘नीति तहले अटो मोबाइललाई बिलासीका रूपमा मात्रै  लियो । जबकि यो दैनिक जीवनमा चाहिने आवश्यक साधन हो । यसैले यसबारे नीति  बनाउनेलाई ध्यान हुनुपर्‍यो ।’

आगामी भदौ १६ गते (अगस्ट २७ देखि  सेप्टेम्बर १)सम्म सञ्चालन हुने नाडा शोमा आगन्तुकहरूले नयाँ ब्रान्डहरू र नवीन  प्रविधिहरूको व्यापक पहुँच पाउनेछन्, साथै वित्तीय विकल्पहरू र व्यावसायिक  अवसरहरूको पनि लाभ उठाउन सक्नेछन् । यससँगै, आगन्तुकहरूलाई सवारी साधन खरिद  निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्ने छ । यस वर्षको प्रदर्शनीमा २४  चारपांग्रे्रे ब्रान्डहरू, १९ दुईपांग्रे्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी  साधन ब्रान्डहरूबाट लाभ लिन सक्ने छन् । 

साथै, प्रदर्शनमा ३३ कम्पनीहरू जुन  लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ  छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गरेका  छन् । यसअनुसार शोमा कुल ९५ प्रदर्शकहरू सहभागी छन् । जसले १ सय ३० स्टलहरूमा  आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्दै छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.