धनकुटाका स्थानीय तहको बेरुजु १ अर्ब ७ करोड

धनकुटाका स्थानीय तहको बेरुजु १ अर्ब ७ करोड
सुन्नुहोस्

धनकुटा : धनकुटाका स्थानीय तहमा करिब १ अर्ब ७ करोड रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका सात स्थानीय तहको बेरुजु रकम १ अर्ब ६ करोड ९९ लाख ५३ हजार रुपैयाँ देखिएको हो । 

आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहको बेरुजु ९२ करोड २० लाख ८९ हजार रुपैयाँ रहेको थियो । तर आर्थिक वर्ष २०७९/८० मा १४ करोड ७८ लाख ६४ हजार रुपैयाँ थप भएको छ । महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु रकम महालक्ष्मी नगरपालिकामा रहेको छ भने सबैभन्दा कम बेरुजु सहिदभूमि गाउँपालिकामा छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार महालक्ष्मीको बेरुजु ३० करोड ७ लाख २३ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा २७ करोड २५ लाख ९२ रहेकोमा आर्थिक वर्ष २०७९/८० मात्रै २ करोड ८१ लाख ३१ हजार रुपैयाँ थप भएको छ ।

सबैभन्दा कम रहेको सहिदभूमि गाउँपालिकाको ६ करोड ८९ लाख ३२ हजार रुपैयाँ बेरुजुमध्ये आर्थिक वर्ष २०७९/८० मा १ करोड ९३ लाख १९ हजार ९ सय ७१ थप भएको हो । आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाको कुल बेरुजु ४ करोड ९६ लाख १३ हजार रहेको प्रतिवेदनमा छ । 

धनकुटा नगरपालिकाको कुल बेरुजु रकम २२ करोड ७४ लाख ९६ हजारमध्ये २ करोड ५८ लाख ८० हजार रुपैयाँ आर्थिक वर्ष २०७९/८० मा थप भएको हो । आर्थिक वर्ष २०७८/७९ मा २० करोड १६ लाख १६ हजार रुपैयाँ बेरुजु रहेको थियो ।  

त्यस्तै छथरजोरपाटी गाउँपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०७९/८० मा २ करोड ८० लाख २९ हजार रुपैयाँ थप भएर १५ करोड ३० लाख २३ हजार ७२ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा उक्त गाउँपालिकाको बेरुजु रकम १२ करोड ४९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । पाख्रिबास नगरपालिकामा बेरुजु रकम १४ करोड १८ लाख ९ हजार  रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ८४ लाख ५३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा २ करोड ३३ लाख ५६ हजार रुपैयाँ बेरुजु थप भएको प्रतिवेदनमा उल्लेख छ ।  साँगुरीगढी गाउँपालिकामा बेरुजु रकम १० करोड २७ लाख १ हजार रुपैयाँ रहेको छ । कुल बेरुजु रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म ९ करोड ४० लाख ४२ हजार रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ८६ लाख ५९ हजार रुपैयाँ बेरुजु रकम थप भएको छ । 

त्यस्तै, चौबिसे गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० मा १ करोड ४४ लाख ८८ हजार ९७ रुपैयाँ थप भई बेरुजु रकम ७ करोड ५२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा सो गाउँपालिकाको बेरुजु रकम ६ करोड ७ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

एकै वर्षमा थपियो करिब १५ करोड बेरुजु  

जिल्लाको स्थानीय तहमा एकै आर्थिक वर्षभरिमा करिब १५ करोड रुपैयाँ बेरुजु थप भएको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा जिल्लाको सात स्थानीय तहमा १४ करोड ७८ लाख ६४ हजार रुपैयाँ बेरुजु थप भएको छ । उक्त आर्थिक वर्षमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा २ करोड ८१ लाख ३१ हजार र सबैभन्दा कम साँगुरीगढी गाउँपालिकामा ८६ लाख ५९ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा छ । 

स्थानीय तहहरूको प्रारम्भिक प्रतिवेदनबाट देखिएको बेरुजु रकम १६ करोड ५६ लाख ७८ हजार मध्ये १ करोड ७८ लाख १३ हजार रुपैयाँ फस्र्योट गरेका थिए । 

बेरुजुको कुल रकममध्ये ३ करोड १४ लाख ३० हजार रुपैयाँ असुल गर्नुपर्ने बेरुजु छ । त्यस्तै ६ करोड २० लाख ८१ हजार रुपैयाँ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ । प्रमाणका कागजात पेस नभएको कारण ६ करोड ८९ लाख ७३ हजार रुपैयाँ बेरुजु आएको छ । ३१ लाख ९२ हजार ८ सय ९४ रुपैयाँ पेस्की बेरुजु देखिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.