अन्नपूर्णको स्टार्टअप अभियानसँग डेलिस् र स्वीट फिक्सले सहकार्य गर्ने

अन्नपूर्णको स्टार्टअप अभियानसँग डेलिस् र स्वीट फिक्सले सहकार्य गर्ने
सुन्नुहोस्

काठमाडौं : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा डेलिस् डेरिज प्रालि र स्वीट फिक्स प्रालि जोडिएका छन् ।  बुधबार नेटवर्कको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहबीच उक्त सम्झौता भएको हो । 

सम्झौतापत्रमा ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको मार्केटिङ संयोजक सुधा भुजेल र डेलिस् डेरिज प्रालिका सह-संस्थापक तथा मार्केटिङ निर्देशक सूर्य कार्की र स्वीट फिक्स प्रालि सिओओ श्रेया उपाध्यायले हस्ताक्षर गरेका हुन्।

डेलिस् डेरीले ग्रिक योगट, फ्लेवर मिल्क, मोजारेल्ला चिज, क्रिम चिज, चेडर चिज, दहि, घिउ, पनिर, बदाम मिल्कलगायत दुग्द पदार्थ उत्पादन गरी बिक्री वितरण गर्ददै आइरहेको छ ।  त्यसैगरी स्वीट फिक्सले  प्राकृतिक एवं अगार्निक पम्सीकल(बरफ), प्राकृतिक आइसक्रिम उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

‘यो अभियान आश लाग्दो र चाखलाग्दो रहेछ ,'डेलिस् डेरिज प्रालिका सह-संस्थापक तथा मार्केटिङ निर्देशक सूर्य कार्कीले भने, ‘हामी युवा उद्यमीहरूले उत्पादन गरेका प्रोडक्टहरूको बजारीकरण गर्न समेत सघाउ पुग्नेछ ।’

 अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्‍चालन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.