प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त
फाइल तस्बिर।

काठमाडौं : नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई भदौ २४ बाट लागू हुनेगरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

सिग्देल हाल कायममुकायम प्रधान सेनापति हुन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका व्य. नं. १६१४ बलाधिकृत रथी श्री अशोकराज सिग्देलज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०८१/५/२४ गतेबाट लागू हुने गरी नियुक्ति गर्नुभएको छ।’

योसँगै सिग्देल नेपाली सेनाको ४५ औं प्रधान सेनापति बनेका ‍हुन्। प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानुअघि साउन २४ गतेदेखि  कार्यभार बुझबुझारथ गरेर बिदा बसेका थिए। 

null

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.