सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्छ : सांसद केसी

सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्छ : सांसद केसी
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अहिलेको एमाले-कांग्रेसको संयुक्त सरकारले तत्कालै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै केसीले अहिलेको गठबन्धन सरकारले गरेको सहमतिको पात्र आफू पनि रहेपनि अहिलेसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक नहुनु राम्रो कुरा नभएकाले तत्काल सार्वजनिक गर्नुपर्ने बताए। 

जनतामा देखिएको निराशा चिर्न र अविश्वासलाई विश्वासमा बदल्नका लागि पनि सुशासनको प्रतिबद्धतासहित साझा कार्यक्रम आउनुपर्ने उनको भनाइ छ। केसीले अहिलेको सरकार असफल भए समग्र व्यवस्था असफल हुने भन्दै व्यहारमा दुई दलले सुशासनका लागि काम गर्नुपर्नेमा जोड दिए। उनले चर्चित भ्रष्टाचार काण्डको राष्ट्रियरूपमा छानबिनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न सुझाव दिए।

निष्पक्ष काम गर्ने आयोग बनाउने कुरा अहिलेको राष्ट्रिय आवश्यता भएको उनको भनाइ छ। उनले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाउँदै यस्तो प्रावधानसहितको विद्येयक फिर्ता गरिनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.