सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने १३ अर्बमा झर्‍यो

सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने १३ अर्बमा झर्‍यो
सुन्नुहोस्

काठमाडौं :  मंगलबार उच्च अंकले करेक्सन आएको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १११ अंकले घटेको थियो। सेन्सेटिभ इण्डेक्स भने १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेको छ।

नेप्सेमा सामान्य सुधार आएपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम छ। यसदिन ३२६ स्क्रिप्सको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाख  ६८ हजार ३९३ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार १८ अर्ब ६४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लिबर्टी इनर्जी,हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ९.९८प्रतिशतले बढ्दा माइ खोला हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले बढ्यो।

आज कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४३ करोड बढी मूल्यको सेयर कारोबार भयो। यसरी नेपाल फाइनान्सको ४१ अर्ब मूल्यको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३८ करोड,अपी पावरको ३३ करोड र अरुण भ्याली हाइड्रपावर डेभलपमेन्टको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

७ वटा समूहको उपसूचक सकारात्मक देखिदा अन्य ६ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.