फाइनलमा नेपाली युवा टोली स्तब्ध, बंगलादेशसँग ४-१ गोलले पराजित

फाइनलमा नेपाली युवा टोली स्तब्ध, बंगलादेशसँग ४-१ गोलले पराजित
तस्बिर : सुनिता डंगोल

काठमाडौं : साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ। बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित बनेको हो।

दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको हो। फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो।

खेलको ५५औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका लागि रवि हुसेनले गोल थपे भने इन्जुरी टाइममा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका लागि समिर तामाङले ८१औं मिनेटमा सान्त्वना गोल गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.