सांग्रिला मोटर्सले लन्च गर्दैछ लीपमोटर सी१० र प्रिमियम इलेक्ट्रिक एसयुभी

सांग्रिला मोटर्सले लन्च गर्दैछ लीपमोटर सी१० र प्रिमियम इलेक्ट्रिक एसयुभी
सुन्नुहोस्

काठमाडौं : सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले लीपमोटर सी १० र एक प्रिमियम इलेक्ट्रिक एसयुभी नेपालमा लन्च गर्ने भएको छ। लिपमोटर सी १० नेपाल र युरोपमा एकैसाथ लन्च गर्ने भएको हो। कम्पनीले दुबै बजारप्रति ब्रान्डको प्रतिबद्धता र नेपालको बढ्दो विद्युतीय गतिशीलतालाई जोड दिएको छ। 

लिपमोटर सी १० ले ४२० किलोमिटर (WLTP)को पर्याप्त दायरा प्रदान गर्ने र ६९.९ kWh LFP ब्याट्रीले सुसज्जित रहेको कम्पनीले जनाएको छ। यसले १६० किलोवाटको कूल पावर आउटपटु र ३२० एनएमको टर्कसाथ एक बलियो र कुशल ड्राइभिङ अनभवु प्रदान गर्ने बताइएको छ। 

त्यस्तै १९० एमएमको ग्राउन्ड क्लियरेन्सका साथ, सी १० नेपालको विविध भूभागमा नेभिगेट गर्न उपयुक्त रहेको यसको NCAP ५-स्टार सुरक्षा रेटिङले सबै यात्रुहरूका लागि शीर्ष स्तरको सुरक्षा सनिश्चित गर्दछ। 

लन्चको अवसरमा सांग्रिला मोटर्सले लिपमोटर सी १० लाई विशषे नाडा मूल्य र परिचयात्मक मूल्यमा उपलब्ध गराउँदैछ। लिपमोटर सी १० सुरुमा काठमाडौं, बिर्तामोड, वीरगञ्ज, विराटनगर, दाङ, नारायणघाट, बुटवल र पोखरासहित नेपालका विभिन्न सहरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। भविष्यमा थप क्षेत्रहरूमा यसको उपस्थिति विस्तार गर्ने कम्पनीको योजना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.