अपर म्याग्दी-१ को सुरुङ निर्माण सुरू

अपर म्याग्दी-१ को सुरुङ निर्माण सुरू
सुन्नुहोस्

बेनी : ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु भएको छ। अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका-४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको हो। 

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले अडिटको बाहिरी भागमा पहिलो बिस्फोट गराई सुरुङ निर्माण शुभारम्भ गरेका हुन्। 

दुई सय सात मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युतगृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। धवलागिरी गाउँपालिका-४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका-७ भरावाङ सम्म पाँच हजार सात सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

‘बाँध, विद्युतगृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ,’ आयोजना प्रमुख केसीले भने ‘आयोजनाबाट वि.स. २०८३ फागुन महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ।’ रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट देखि विद्युतगृहको उचाई १९६ मिटर रहेको छ। 

१२ अरब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा ७५ प्रतिशत लगानी जुटाइने अपर म्याग्दी जलविद्युत कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले बताए। प्रवर्द्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए।  

जलविद्युत आयोजनाहरुको प्रर्वद्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमार्फत एक हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य अनुसार अपर म्याग्दी-१ बनाउन लागिएको हो। निर्माण कम्पनी लुना बिल्डर्स एण्ड कन्ट्याक्टर प्रालीले सुरुङसँगै अन्य संरचना निर्माणलाई तिब्रता दिने जनाएको छ। 

नौ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ। छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ। रातोढुङ्गा देखि खाम्ला सम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रशारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत आपूर्ति गरेको छ। अपर म्याग्दी-१ बाट उत्पादन हुने विद्युत मालिका गाउँपालिका-७ डाडाखेतमा निर्माणाधिन १३२ केभी क्षमताको सव स्टेशनबाट केन्द्रिय ग्रिडमा जोडिनेछ।

सांसद जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, नेपाली सेनाको २३ नम्बर बाहिनीका बाहिनीपति जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ, शत्रु झञ्जन गुल्मका गुल्मपति रविन गुरुङ लगायतको उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ गरिएको थियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.