मन्त्रिपरिषद्को बैठक आज बस्दै, मुख्यसचिव नियुक्ति लगायतका विषयमा छलफल हुने

मन्त्रिपरिषद्को बैठक आज बस्दै, मुख्यसचिव नियुक्ति लगायतका विषयमा छलफल हुने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा आज बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका काम/कारबाहीका बारेमा छलफल हुनेछ।

बैठकमा मुख्यसचिव नियुक्तिबारे छलफल हुने स्रोतको भनाई छ। हालकी मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुँदैछिन्। 

२०८१ असार ३१ गते ओली नेतृत्वकै सरकारको पहिलो मन्त्रिपरिषद्को निर्णयबाट गड्तौला कामु मुख्यसचिव बनाइएकी थिइन्। अन्तःशुल्कको स्टिकर छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ मा तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मुद्दा चलाएपछि प्रचण्ड सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।  

गड्तौलाले २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन समूहबाट शाखा अधिकृतमा पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्। उनी २०६३ मा उपसचिव र २०७० मा सहसचिव भइन्। उनी २०७७ कात्तिक २७ मा सचिवमा बढुवा भएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.