स्वदेशमै सीजीको ईभी उत्पादन गर्ने निर्वाणको सपना

स्वदेशमै सीजीको ईभी उत्पादन गर्ने निर्वाणको सपना
सुन्नुहोस्

नेपालमा सीजी मोटर्सले विभिन्न १० ब्रान्डका सवारीबाट चर्चा कमाइसकेको छ। नाडा अटो शो २०२४ को पहिलो दिन (भदौ १६ गते) सीजी मोटर्सले ईभीका मात्रै चार नयाँ ब्रान्डका ७ ओटा मोडल भव्यताका साथ सार्वजनिक गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी नेपालमै सीजी ब्रान्डकै ईभी बनाउने सपना बुन्दैछन्। प्रतिष्ठित घराना चौधरी ग्रुप (सीजी)ले हिरो ब्रान्डको दुईपाङ्ग्रे सवारीलाई नेपालमै एसेम्बल गरेर सफल रूपमा बिक्री गर्दै आएको छ। 

बजारमा ईभीको माग महिनामै सयबाट हजारमा बढ्न थाल्यो र सरकारको नीति ईभीको पक्षमा परिवर्तन भयो भने सीजीले नेपालमा आफ्नै प्लान्ट एसेम्बलिङ गर्ने चौधरीको सपना छ। ‘सीजीको आफ्नै प्लान्ट एसेम्बलिङ गर्ने भिजन छ। सरकारले ईभीप्रति आकर्षक नीति लियो भने सपना साकार हुने सम्भावना छ,’ उनले भने। उनका अनुसार तीन वर्ष अवधिमै ईभीका ६ ब्रान्ड भिœयाउन सफल भइसकेको छ। यसमध्ये नेटा पनि राम्रै चलेको छ। यससँगै कम्पनीले १८ महिनाको अवधिमा १ सय ४० ओटा चार्जिङ स्टेसन बनाइसकेको छ। अब महिनापिच्छे यसलाई विस्तार गर्दै लैजाने योजना कम्पनीको छ। 

नाडा अटो शो २०८१ लाई लक्षित गरी सीजी मोटर्सले बजारमा चार वटा नयाँ ब्रान्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारीसाधनको बढ्दो माग र ग्राहकहरूको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले चार विभिन्न नयाँ ब्रान्ड सार्वजनिक गरेको हो। नाडा अटो शोको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए। 

सीजी मोटर्सले नाडा अटो शोमार्फत नेपाली 

बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिडारा र हिरो गरी चार नयाँ ब्रान्ड सार्वजनिक गरेको हो। नयाँ ब्रान्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएका ब्रान्डको संख्या १० पुगेको छ। यसपालिको नाडा अटो शो मा नेटा, एक्सपेङ, अवतार, आयान, रिद्दार, सिजी केवाईसी, किङ लङ र हिरो गरी सीजी मोटर्सका आठ वटा स्टल रहेका छन्।

सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको अवतार ११ मोडल नाडा अटो शोमार्फत सार्वजनिक भएको हो। अवतार विश्वप्रसिद्ध सवारीसाधन उत्पादक कम्पनी चंगान टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्रान्ड हो। 

अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो। उक्त गाडी फुल चार्जमा ६८० किलोमिटरसम्म कुद्न सक्छ। अवतार ११ मा १९० किलोवाटको मोटर जडित छ भने ९० किलोवाट र ११६ किलोवाटको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले नाडा अटो शो को स्टल नम्बर ‘एचथर्टिन’ मार्फत थप जानकारी पाउन सक्नेछन्। 

नाडा अटो शो को स्टल नम्बर जी १२ मा रहेको एक्सपेङ, सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्रान्ड हो। एक्सपेङ को जी ६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ। १९० किलोवाटको मोटर र यसको ब्याट्री रहेको एक्सपेङ जी ६ ले २१५ किलोवाटसम्मको डीसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्नमात्रै 
२० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अर्को ब्रान्ड हो रिद्धार। नाडा अटो शोको स्टल नम्बर ए ९ मा रहेको रिद्धारले नेपाली बजारमा रिद्धार आरडी ६ सार्वजनिक गरेको हो। यसको ब्याट्री र पिक मोटर पावर रहेको रिद्धार आरडी ६ ले ३७७ किलोमिटरको रेन्ज प्रदान गर्नेछ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भिको अपार सफलतापश्चात् नेटाले नयाँ मोडल, नेटा ह् नाडामार्फत सार्वजनिक गरेको छ। नेटा एक्स स्टल नम्बर ए थ्रीमा रहेको छ र ग्राहकहरूले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको पाँच सय किलोमिटरको रेन्जसहित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिनेछ। सीएटीएलको ब्याट्रीजडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्जमार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

त्यसैगरी स्टल नम्बर बी ५ मा रहेको आयनले नाडालाई लक्षित गरी यसको ४ भेरियन्ट प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर एम १३ बाट हिरोमार्फत सीजी मोटर्सले दुईपाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ। यससँगै सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान, सिजी केवाईसी स्टल नम्बर जे टुमार्फत प्रदर्शन गरिएको छ। सिजी केवाईसीले विगतका वर्षहरूमा ग्राहकहरूको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान हुन पुगेको छ। 

नाडा अटो शोमार्फत सिजी केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सिजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरूलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ। सिजी केवाईसी ले एक फुल चार्जमा तीन सय किलोमिटरको रेन्ज प्रदान गर्दछ भने डुअल एरब्याग, एबीएसजस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरू समावेश गरिएको छ। यसैगरी, लामो रुटको यात्राको लागि लक्जरियस र कम्फर्टेवल यात्राको समाधानस्वरूप सीजी मोटर्सले किङलङ १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.