ब्याट्री वारेन्टीमा हामी अघि छौं

अटो उत्सव

ब्याट्री वारेन्टीमा हामी अघि छौं

चिनियाँ चारपाङ्ग्रे ईभी टेस्लाले जुन ब्याट्री प्रविधि प्रयोग गर्छ हाम्रो स्कुटर पनि त्यही प्रविधिमा आधारित छ।

चिनियाँ ब्रान्डको न्यु स्कुटर काठमाडौं र पोखरा लक्षित भएर काम गरिरहेको छ। तर, यसका ग्राहकहरू भने सुदूरपश्चिमसम्म छन्। यसको छुट्टै एपबाट नेपालको जुनसुकै कुनाबाट पनि नियन्त्रण गर्न सकिन्छ। दुईपाङ्ग्रे विद्युतीय (ई) स्कुटरमा आफ्नो बजार विस्तार गर्दै लगेको न्यु स्कुटरका निर्देशक प्रगुन राजभण्डारी ई–स्कुटर र नाडा शोबारेमा यसो भन्छन्ः 

चिनियाँ ब्रान्डको न्यु स्कुटर नेपालमा कसरी भित्रियो ? 

सन् २०१४ यो कम्पनी दर्ता भएको हो। न्यु टेक्नोलोजी भन्ने चिनियाँ कम्पनीसँग सम्झौता भएको करिब दुई वर्षपछि मात्र नेपाली बजारमा काम सुरु भएको हो। यसको कारण ऊ बेला साना–साना चाइनिज इलेक्ट्रिक स्कुटरहरू नम्बर पनि नभएको बजारमा सजिलै पाइन्थ्यो। यो विशेषगरी २०१५ मा भारतले लगाएको अघोषित नाकाबन्दीको बेलामा भएको थियो। यो यसरी नै चलिरहेको थियो। पछि हामीले न्यु स्कुटरको नेपालमा आयात गर्ने बेलामा कागजात मिलाउने क्रममा ईभीको स्कुटर (दुईपाङ्ग्रे) को कुनै दर्ता प्रक्रिया नै नभएको बुझियो।

मोटरसम्बन्धी त्यतिबेलाको कानुनले एउटा सवारीको नामसारी गर्दा अड्डाबाट नै गर्नुपर्ने प्रावधान थियो। तर, त्यसको कार्यान्वयन पक्ष थिएन। पछि हामीले यस्को कार्यान्वयन गर्नुपर्‍यो भनेर निवेदन दियौं। यसमा सरकार स्पष्ट थिएन। त्यतिबेला प्रचलित सडक योग्यता परीक्षण प्रचलनमा थियो। यो पास गरेपछि मात्र सञ्चालनको अनुमति दिने सरकारी निर्णय पछि काठमाडौं स्वयम्भू नजिकको सेतो गुम्बाको उकालो १३० किलोग्रामसम्मका दुई जना मान्छे राखेर माथि चढ्न सफल भयौं र नेपाली बजारमा न्यु स्कुटर भित्रियो।

हामी पहिलो त्यस्तो कम्पनी हौं जसले ई–स्कुटरको नम्बर प्लेट राखेर नेपाल सरकारले भनेको अनुसार क्षमता प्रमाणित गर्न सक्यौं। अहिले भने त्यसो गर्नु पर्दैन टेस्टिङ उपकरणले नै त्यसको क्षमताको मूल्यांकन गर्छ। आयात हुने दुईपाङ्ग्रे सवारीमा सम्पूर्ण कागजातसँगै नै आउँछ। त्यसको चेकजाँच गर्ने काम उक्त उपकरणले गर्छ। यस्तै ई–स्कुटरको बिमा प्रक्रियालाई पनि लागू गराउने काममा पहल गर्‍र्यौं। अहिले वाटको अनुसार यसको विमान गरिन्छ। 

अहिले हाम्रो ब्रान्ड दुईपाङ्ग्रेमा नेपालमा प्रचलित छ। दराजजस्तो कम्पनीले पनि हाम्रो ब्रान्ड प्रयोग गर्नुहुन्छ। धेरै बैंकहरूमा पनि हाम्रो स्कुटरको प्रयोग देख्न सकिन्छ। अहिले आएर हामीले यो स्कुटरको प्रविधि ठीक छ है भनेर प्रमाणित गर्नु परेको छैन। आजको दिनमा हाम्रो स्कुटरको आफ्टर सेल्स सर्भिस, पर्फमेन्सका साथै दुई ब्याट्री र मोटरमा दुई वर्षको वारेन्टीलाई चार वर्ष पुर्‍याएका छौं। एन्सस्पोट्स। त्यही भएर हामीले क वर्गका बैंकहरूबाट पनि चार वर्षको किस्ताबन्दी सुविधा पाइसकेका छौं।

न्यु ईभी स्कुटरका उत्पादनहरू अरूभन्दा भिन्न कसरी छन् ? यस ब्रान्डका कस्ताकस्ता उत्पादन बजारमा पाउन सकिन्छ ? यसमा पनि कुन भेरियन्टको बढी छ ? 
आजको दिनमा ग्राहकहरूले कि लिथम आयन ब्याट्री बुझ्छन् भने कि लिड एसिड ब्याट्री बुझ्छन्। लिथम आयन ब्याट्रीको पनि धेरै किसिमका श्रेणी छन्। त्यसमा पनि हाम्रो स्कुटर एनस्पोट्सलगायत सबै मोडलमामा लिथम आयनको सबैभन्दा स्टेबल प्रविधि प्रयोग भइरहेको छ। त्यसले गर्दा नै हामीले यति राम्रो वारेन्टी दिन सकेको हो। हामी कस्टकटिङमा गएका छैनौं। लिथम आयनको पनि सबैभन्दा महँगो भर्सन हामीले प्रयोग गर्ने हो।

चिनियाँ चारपाङ्ग्रे ईभी टेस्लाले जुन ब्याट्री प्रविधि प्रयोग गर्छ हाम्रो स्कुटर पनि त्यही प्रविधिमा आधारित छ। यही कारणले पहिला किनेका ग्राहकले दोस्रो, तेस्रो पटक पनि हाम्रो ई–स्कुटर किन्नु भएको छ। गत वर्षको नाडा अटो शोमा ८८ हजार ८ सय ८८ किलोमिटर कुदेको सिंगल ब्याट्रीको स्कुटर प्रस्तुत गरेका थियौं। सामान्यता हाम्रा ७० हजार किलोमिटरमा ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्छ। तर, ८८ हजारभन्दा बढी पनि कुदेको पायौं। 

हाम्रो मुख्यतया ७ भेरियन्ट ई–स्कुटर नेपाली बजारमा छन्। त्यसमा सबैभन्दा बढी मन पराइएको एनस्पोट्स र गोवा जिरो थ्री रहेको छ। गोवा जिरो थ्री डेलिभरी गर्ने कम्पनीहरूमा बढी रुचाइएको छ। अहिले नेपाली बजारमा किक स्कुटरसहित करिब २५ सय हाराहारीमा न्यु स्कुटर देख्न सकिन्छ। यस्तै आफ्टर सेल्स सर्भिसमा पनि हामीले उत्तिकै ध्यान दिएका छौं। कुनै पनि बेचेका सवारीको सबै पाट्र्स हामी आफैं स्टक पनि गर्छौ र सर्भिस इन्जिनियरहरूलाई विदेशबाट तालिम पनि दिने गरिन्छ। हाम्रा सर्भिस सेन्टर यूएन पार्कमा छ र अर्को कालोपुलमा छ। एउटा नयाँ थप्ने योजनामा छौं।

विद्युतीय सवारीमा सबैको आकर्षण बढिरहँदा न्यु ईभी स्कुटरको योजना के छ ? नयाँ ईभी स्कुटर ल्याउँदै छ कि ? नयाँ व्यापार नीति केही छ कि ? 

नेपाली मानसिकता चिनियाँ भनेर छाप त परेको छ तर डेलिभरी सेक्टर, कर्पोरेट सेक्टरमा, व्यक्तिगत गरिकन फरक–फरक मोडल ल्याएका छौं। अब हामी ठूला बाइकतिर पनि जाँदै छौं। हामीले आरक्यूआई भन्ने बाइक नाडा अटो शोमा सार्वजनिक गरेको छ। यसको समानान्तर बाइकको रूपमा बीएमडब्लूलगायत विदेशी बाइकसँग तुलना गर्न सकिन्छ।

७.५ किलोवाटको मोटर, ० टु ५० किलोमिटर परआवर २.९ सेकेन्ड छ भने यसको मूल्य ९ लाख ९९ हजार ९९९ तोकिएको छ। यो पावरको पेट्रोलियम बाइक किन्नुपर्‍यो भने करिब २० लाख पर्न सक्छ। अबको हाम्रो रणनीति साना र मध्यमवर्गीय ग्राहकसँगै माथिल्लो तहका ग्राहकलाई पनि हुने गरी हायर लेबलको ई–मोटरबाइक्स ल्याउने छौं। पढेलेखेका र प्रविधि बुझ्ने ग्राहकहरूलाई लक्षित गरी प्रोडक्ट ल्याउँछौं।

ईभीको बजारमा चिनियाँ सवारी उत्पादनकर्ताहरूको पकड मजबुद बन्दै गइरहे पनि प्रतिस्पर्धाको बजारलाई कसरी हेर्नु भएको छ ? 

ईभीहरू विदेशी ब्रान्डको नाममा बजारमा आए पनि प्रायः चिनियाँ बेस्ड कम्पनीलाई किनेर कि चिनियाँ प्रविधि किनेर ल्याइरहेको पाइन्छ। विद्युतीय प्रविधि विकासमा चीन धेरै नै अघि छ। सफ्टवेयरदेखि हार्डवेयरमा चीन धेरै अघि बढिसकेको छ। ब्याट्रीको मूल्य र यसको उत्पादनका लागि चाहिने पूर्वाधार चीनमा जस्तो कहीँ छैन। ब्याट्री उत्पादन कम्पनीहरूमा इन्पुट लाइन २७ मेगावाट आवरसम्म लिन्छन्।

त्यसकारण चिनियाँ पूर्वाधार, चिनियाँ माइनिङदेखि ब्याट्रीको प्रविधि र सफ्टवेयरको प्रविधिमा अघि छ। नेपाली उपभोक्ताको मानसिकता चिनियाँ उत्पादन टिकाउ हुँदैन भन्ने परेको छ। तर, हाम्रो चीनको सांघाइबेस कम्पनी हो र न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि छ। यो ग्लोबल कम्पनी हो। यहाँबाट हामीले धेरै सिक्न पाइरहेका छौं भने नेपाली बजारमा पनि यसको वृद्धि विकास उत्साहजनक छ। 

यस ब्रान्डको बजार मूल्यांकन कस्तो पाउनु भएको छ ? उपभोक्ताहरूको सन्तुष्टिलाई यस कम्पनीले कसरी हेरेको छ ? 
नेपाली बजारमा गुणस्तरसँगै मूल्य र वित्तीय सुविधा एकदम नै आवश्यक हुन्छ। मूल्यको हिसाबले हामी रियल टर्ममा घटेर बेचिरहेका छौं। नेपाल सरकारले पनि भन्सार शुल्क व्यवस्थापन गरिरहेको छ। ग्राहकहरूको सन्तुष्टिमा समस्या देखिएको छैन।

हामीले कति स्कुटर बेच्यौं र कति सिकायत आएको छ भन्ने प्रतिशत पनि हेर्न सकिन्छ। खासै सिकायत पाइएको छैनौं। यस्तै आफ्टर सेल्स सर्भिस पोइन्टर्सहरू कुनै ग्राहक आउनेबित्तिकै हामीले जबकार्डस खोल्छौं, हरेकको जब कार्डको टर्न अराउन्ड हेर्छौं। सबै जब कार्ड कति दिनमा प्रक्रिया पुर्‍याएर निकाल्न सक्यौं। साना समस्याहरू त्यही दिन नै सक्नुपर्‍यो। कहिलेकाहीँ प्राविधिक त्रुटिहरू भने हुन्छन्। 

नाडा अटो शोमा स्टल राख्नु किन आवश्यक छ जस्तो लाग्छ ? 
नाडा अटो शो एकदम नै राम्रो एक्स्पोजर हो। किनभने नेपालभरिका उपभोक्ता, डिलर्स सबै एकै ठाउँमा आउँछन्। यसले गर्दा नाडाको कुनै संस्करण पनि हामीले छोडेका छैनौं। नाडामा पनि ई–दुईपाङ्ग्रेलाई खासै गनिँदैनथ्यो भने अहिले सोच परिवर्तन भएको छ। यहाँ किने पनि नकिने पनि उपभोक्ताहरूले उत्पादनहरूको बारेमा जानकारी पाउनुहुन्छ। आफ्नो बारेमा जानकारी दिन पाइन्छ। 

प्रस्तुती : सुनिता कार्की 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.