साढे १० टन चिनीसहित ट्रक नियन्त्रण

साढे १० टन चिनीसहित ट्रक नियन्त्रण
सुन्नुहोस्

भैरहवा : भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रूपमा भन्सार छलेर भित्राइएको साढे दश टन चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

रुपन्देहीको मायादेवी गाउँपालिको झुलनीपुरबाट बिहीबार बिहान साढे दुई बजे लु २ ख २८३६ नम्बरको ट्रकमा २ सय १० बोरा (साढे १० टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए। उनका अनुसार ६ लाख ३० बजार मूल्य बराबरको उक्त चिनीको प्रज्ञापन पत्र, बिलबिजक नभएको अवस्था नियन्त्रणमा लिइएको हो।

उक्त क्षेत्रबाट निरन्तर रूपमा भन्सार छली गरेर विभिन्न सामग्री भित्रिने गर्दछ। गत भदौ ८ गते पनि भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको दुई सय बोरा चिनीसहित ग २ ख १२९० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

कार्यालयका अनुसार नियन्त्रणमा लिइएको मायादेवी गाउँपालिका–२ तुलसीपुरका चालक शिवकुमार यादवले सोधपुछका क्रममा ट्रकमा चामल रहेको बताएपछि जाँच गर्दा चिनी बरामद भएको हो। पछिल्लो समयमा भैरहवा भन्सार कार्यालयले धमाधम चोरी पैठारीका विभिन्न सामग्रीहरू नियन्त्रणमा लिइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.