अन्नपूर्णको अभियानमा जोडिएका स्टार्टअपको ब्रान्डिङ प्रचार अमेरिकाबाट त्रिवेणी टाइम्सले पनि गर्ने
अमेरिका : नेपाली युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्दन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका सबै स्टार्टअप कम्पनीहरूको प्रोडक्ट ब्रान्डिङ प्रचार अमेरिकाको न्यूयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले गर्ने भएको छ।
अमेरिकाबाट नेपाली भाषामा सञ्चालन हुँदै आएको त्रिवेणी टाइम्सले नेपालीमुलका अमेरिकी नागरिकहरूमा नेपाली युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप प्रोडक्टका बारेमा प्रोडक्टको ब्रान्डिङ प्रचारमा सघाउने भएको हो। अमेरिकाको न्यूयोर्क डिमार्टमेन्ट अफ स्टेटमाबाट अनुमति प्राप्त गरेको त्रिवेणी इन्टरटेटमेन्ट एलएलसीले त्रिवेणी टाइम्स सञ्चालन गदै आईरहेका छ।
‘अन्नपूर्णले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियान हाम्रा लागि पनि उतिकै महत्वपूर्ण छ’ त्रिवेणी टाइम्सका सञ्चालक नवराज केसीले भने ‘नेपाली युवाहरूको स्टार्टअप व्यावसाय प्रवर्दनका लागि ‘स्टार्टसँग अन्नपूर्ण’ अभियानमा जोडिएकाहरूको ब्रान्डिङ प्रचारमा हामी अमेरिकाबाट सघाउँछौं।’
न्यूयोर्कका मेयरको दक्षिण एसियाली सल्लाहकार समेत रहेका केसीको अमेरिकामा रियलस्टेट व्यावसायी, स्थानीय राजनीतिज्ञ, समाजसेवी लगायतका रूपमा अमेरिकी समुदायमा परिचित रहेका छन्। अमेरिकाको नेपालीभाषी समुदायमा त्रिवेणी टाइम्स लोकप्रिय रहेको छ।