दुई ठूला दलले संविधानमाथि घात गर्ने योजना बनाएको छ : दाहाल

दुई ठूला दलले संविधानमाथि घात गर्ने योजना बनाएको छ : दाहाल
सुन्नुहोस्

धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो र दोस्रो दल मिलेर संविधानमाथि घात गर्ने योजना बनाएको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेश स्तरीय परामर्श बैठक सकेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन्।

 
उनले अहिलेको सरकारले दुई तिहाइको दम्भ देखाइरहेको र संविधान संसोधन गरेर समानुपातिक समावेशीको अवधारणा खारेज गर्न खोजेको आरोप लगाए। ‘संविधानमाथि उहाँहरू घात गर्नु हुन्छ कि भन्ने आशंका पैदा भएको छ। उहाँहरू पछाडि जान चाहनुहुन्छ। किनभने यो समावेशी समानुपातिक भनेर हामीले संविधानमा धेरै मेहनत गरेर, संघर्ष गरेर ल्याएका हौं। नेपालका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारू सबैको अधिकार सुनिश्चित गर्न गरेको हो। यो उनीहरूलाई मन परेको छैन,’ दाहालले भने।
 
दाहालले कांग्रेस र एमाले २०७२ सालको संविधानलाई माओवादी देख्न थालेको आरोप लगाए। ‘उनीहरू २०७२ सालको संविधानलाई माओवादी देख्न थालेका छन्। समावेशी भनेनी माओवावादी, समानुपातिक भनेनी माओवादी, दलित महिला मुस्लीम भनेनी माओवादी, गणतन्त्र भनेनी माओवादी। उनीहरू कसरी यो माओवादीलाई ठीक पार्ने भन्नेमा लागेका छन्,’ दाहालले भने।

दाहालले पार्टीभित्र कुनै विवाद नरहेको बताए। उनले आफ्नो पार्टीको भन्दा पनि पत्रकारहरूलाई माओवादीभित्रको चिन्ता देखिने गरेको बताए। ‘अहिले नेतृत्व परिवर्तनको कुनै कुरा आएको छैन। तपाईँहरूले भन्नुभएको प्रभाकर कमरेडले ल्याएको प्रस्तावको कुरा गर्नु भएको होला। उहाँले नेतृत्व परिवर्तनको कुरा ल्याउनुभएको होइन, नेतृत्वलाई अझ बलियो र चलायमान बनाउने कुरा ल्याउनुभएको हो,’ दाहालले भने।

पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक बुधबारदेखि धनगढीमा सुरु भएको थियो। बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रह]को थियो। माओवादीले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेशको बैठक सम्पन्न गरिसकेको छ। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर जनतामा जाने माओवादीको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.