खहरे खोलाले बगाउँदा बालकको मृत्यु

खहरे खोलाले बगाउँदा बालकको मृत्यु
सुन्नुहोस्

धरान : अत्यधिक वर्षातका कारण खहरे खोलामा आएको बाढीले बगाएर १४ वर्षीय बालकको मृत्यु भएको छ। बुधबार धरान-११ को खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय रोशन लिम्बुको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 

खहरे खोलाएका बालकाको शव प्रहरी फेलापारी पोस्ट्मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। धरानमा बुधबार हाल सम्मकै अत्यधिक वर्षात भएको कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले बताए।
 

वर्षातका कारण धरान-१३ मा पहिरो जाँदा धरान-धनकुटा जाने सडक अवरुद्ध भएको छ। पहिरो गएको स्थानमा जेसिबी लगाएर सडक खुलाउने काम भइरहेको प्रदेश सभा सदस्य बस्नेतले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.