टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने

टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने
फाइल तस्बिर

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

अमेरिका र वेस्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले उनीहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय गेरेको प्रवक्ता छुम्बी लामाले बताए।

त्यस्तै सहयोगी स्टाफहरूलाई भने जनही एक लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने निर्णय क्यानले गरेको छ। 

गत जुनमा सम्पन्न टी-२० विश्वकपमा टेस्ट राष्ट्रविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेकाे थियाे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेल वर्षाका कारण श्रीलंकासँग खेल्न सकेको थिएन। तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपालले बंगलादेशविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.