क्यानले प्रदेशका ३५ खेलाडीलाई मासिक तलब दिने
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश खेलाडीहरूलाई पनि मासिक तलब उपलब्ध गराउने भएकाे छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश क्रिकेट संघका २ जना महिला र ३ जना पुरुषलाई मासिक १५ हजार रुपैयाँ तलब दिने निर्णय गरेको हो।
क्यानका प्रवक्ता छम्बु लामाले सेप्टेम्बर १ देखि नै लागू हुनेगरी प्रत्येक प्रदेशका ५ खेलाडीलाई एक वर्षसम्म मासिक तलब उपलबध गराउने निर्णय भएको बताए। उनका अनुसार प्रदेशका ३५ खेलाडीलाई मासिक तलब उपलब्ध गराउन क्यानले बजेट निकासा गर्ने र प्रदेशहरूले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको छ।