यस्तो छ अर्यालको नायब सुब्बादेखि मुख्यसचिवसम्मको यात्रा

यस्तो छ अर्यालको नायब सुब्बादेखि मुख्यसचिवसम्मको यात्रा
सुन्नुहोस्

काठमाडौं : सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो।

मुख्यसचिव अर्याल २०४६ माघ ४ गते निजामती सेवामा प्रवेश गरेका थिए। उनले नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिव भएका थिए। त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए। अहिलेसम्म उनले निजामती सेवामा ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन्।  

अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्वयनमा महत्त्वपूर्ण योगदान गरेका थिए। 

उनले २०७२ सालमा उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए। उनी भारतको कोलकत्तास्थित महावाणिज्यदूत भएका थिए भने काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पनि काम गरेका छन्। 

उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०८० फागुन ३० गतेदेखि गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए। 

अर्याल सरुवा भएर गएका निकायमा सुधारका प्रयास गर्ने राष्ट्रसेवकमा रूपमा चिनिन्छन्। गृहको सचिवमा बनेपछि उनले अध्यागमन प्रशासनमा सुधारका आयोजना ल्याएका थिए। अध्यागमन प्रशासनलाई अत्याधुनिक, प्रविधिमैत्री र व्यावसायिक बनाउने कामको सुरुवात गरेका थिए।

अध्यागमन सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, सूचना प्रविधि मैत्री एवं विश्वसनीय तथा उच्च सुरक्षासहितको जोखिमरहित अन्तर्राष्ट्रिय स्तरको समकक्षतामा पुर्‍याउने गरी अध्यागमन प्रशासन सुधार योजना उनले ल्याएका थिए। 

त्यस्तै मन्त्रालयमा तर्जुमाको क्रममा रहेका ऐन, नियमावली, कार्यविधि तथा निर्देशिका निर्माणको लागि क्यालेन्डर निर्माण गरी कार्य गर्ने व्यवस्थाको सुरुवात, हातहतियार तथा खरखजानासम्बन्धी प्रचलित कानुनमा सुधारको लागि कार्यदल गठन गरी प्रतिवेदन पेस भएको र सोको संशोधनको प्रक्रिया प्रारम्भ गरेको, कैदी बन्दीको माफी मिनाहा तथा कैद कट्टीसम्बन्धी कार्यविधि स्वीकृत गरेको, आन्दोलन, हडताल विरोध प्रदर्शनका क्रममा हुने क्षतिको मूल्याङ्कन तथा परिपुरणसम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयन गरेको, नागरिकता सिफारिसको कार्यलाई सहज र प्रविधिमैत्री बनाउने, प्रहरीको फरेन्सिक क्षमता अभिवृद्धि गर्न उपकरण तथा प्रविधि जडानको लागि अन्तर्राष्ट्रिय सहयोगको लागि समन्वयलगायतका काम उनले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.