महाकाली नदीमा हामफालेर किशोरी बेपत्ता

महाकाली नदीमा हामफालेर किशोरी बेपत्ता
सुन्नुहोस्

दार्चुला : दार्चुलामा महाकाली नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छन्। जिल्लाको नौगाड गाउँपालिका-४ सिप्टीकी १७ वर्षीया ममता टमटाले महाकाली नदीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिका-४ रिङ्नेतालबाट किशोरीले हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए। उनले भने,‘आफ्नै आमासँग गाउँघरबाट बजार आएकी किशोरीले रिङ्नेताल नजिकबाट महाकाली नदीमा हामफालेको हो।’

घरमा बुवा र दाई गुमाएकी किशोरीले नदीमा एक्कासि किन हामफालिन् भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहिबार दिउसो करिब ४ बजेतिर किशोरीले नदीमा हामफालेको बताइएको छ। उनकी आमाले रोक्दा रोक्दै महाकाली नदीमा ममताले हामफालेको प्रहरीले जनाएको छ।

दुई बहिनी र दुई दाजुभाइ रहेकी उनको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको छ। उनको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.