चट्याङले दैलेखमा बालकको मृत्यु

चट्याङले दैलेखमा बालकको मृत्यु

कालीकोट : दैलेख जिल्लाको पश्चिम भागमा पर्ने पिपलकोटको बास्तोलामा चट्याङ पर्दा बालकको मृत्यु भएको छ। 

गाई, भैँसी, बाख्राको हेरचाहका लागि गोठाला गएका बेला चट्याङ लागेर आठबिस नगरपालिका-५ पिपलकोट निवासी दुई वर्षीय बालकको मृत्यु भएको हो। चट्याङ लागेर उनकी ४१ वर्षीया हजुरआमा कमला बिष्ट भने गम्भीर घाइते भएकी छन्। 

घाइतेको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको उनका आफन्त तपेन्द्र थापाले बताए। उनले भने, ‘गोठमा गएका बेला भीषण पानी पर्‍यो, त्यतिबेलै एक्कासि परेको चट्याङले बालकको मृत्यु भयो हजुरआमा घाइते हुनुभयो।’ 

घाइतेको उपचारका लागि नगरपालिकाले सक्दो सहयोग गरिदिन समेत आग्रह गरे। उनका बुवा नविन बिष्ट र आमा पेरमकला बिष्टका एउटा छोरा मात्र हुन्। 

वडाध्यक्ष बजिरसिंह विश्वकर्माले वडा, नगर सरकारबाट सक्ने जति सहयोग गर्ने बताए। उनले भने, ‘विपदबाट ज्यान गुमाएका र घाइतेका लागि उपचार खर्च छुटाउन वडाबाट सिफारिस गर्नेछु। पिपलकोटवासीले आगामी दिनमा चट्याङबाट जोगिन सचेतनामुलक कार्यक्रम लागु गर्नेछु।’ 
  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.