सहकारी ठगेर फरार कहिले समातिन्छन् ?

सहकारी ठगेर फरार कहिले समातिन्छन् ?
सुन्नुहोस्

विभिन्न सहकारीमा सर्वसाधारणको बचत हिनामिना गरेर २४ जना विदेश फरार छन् । तीमध्ये सबैभन्दा धेरै १६ अर्ब रुपैयाँ अपचलनको आरोप जीबी राई माथि छ । काठमाडौं, पोखरा, वीरगन्ज, बुटवललगायत सहरमा सहकारी चलाएर उनले त्यतिका पैसा अपचलन गरे । तर उनलाई प्रहरीले अझै पक्रन सकेको छैन । प्रारम्भिक अनुमानहरूका अनुसार उनी मलेसियामा लुकिरहेका छन् । तत्कालीन गृहमन्त्री रवि लामिछानेले मलेसियाकै गृहमन्त्रीसँग संवाद गरेको पनि सुनाउँथे तर उनले जीबीलाई ल्याउन सकेनन् । 

फरार भएका २४ जनामध्ये धेरैजसो भारतबाहिर रहेको अनुमान छ । भारतमा भएकाहरूलाई नेपाल प्रहरीले झिकाउन अलि सजिलो हुन्थ्यो । तर अरू देश पुगिसकेकाहरूलाई कूटनीतिक पहल आवश्यक हुन्छ । त्यस्तो पहल नेपाल प्रहरीले होइन, सरकार आफैंले गर्नुपर्छ । फरारमध्ये पोखरा र बागलुङमा सहकारी चलाएका देव नेपालीले भने सार्वजनिक अपिल गरेका छन्, पैसा तिर्ने । भएको आफ्नो सम्पत्ति बेचेर तिर्छु तर त्यो वातावरण सरकारले बनाइदिनुप¥यो भन्ने उनको अपिल हो । यता स्वदेशमै भएकाहरू धमाधम प्रहरीले पक्रेर थुनिरहेको छ । 

कैयौं जेलमा छन् । 

सञ्चालकहरू जेल परे पनि सर्वसाधारणको पैसा फर्किएको छैन । खासमा दोषी र ठगलाई पक्रने, जेल कोच्ने त हुँदै हो, सँगसँगै सर्वसाधारणको पैसा फिर्ताका लागि सरकारले नै पहल कदमी लिनुपर्छ । थुप्रै सहकारीको आफ्नै सम्पत्ति पनि छ । सञ्चालकहरू जसले ठगेका छन्, तिनको पनि सम्पत्ति छ भने त्यसलाई बिक्री गरेर भए पनि सर्वसाधारणको पैसा फिर्ता गरिनुपर्छ । प्रहरीले भने ठगलाई समात्ने र जेल पठाउनेतिर छ । सरकारले पैसा फिर्ताको कुनै ठोस योजनाका साथ काम गरेको छनक छैन । होइन भने दुई वर्षदेखि सडकमा सहकारी पीडितहरूको आवाज उठ्न रोकिएको छैन । कुनै एउटा सहकारीको पनि समस्या समाधान नगर्ने तर गर्छाैं मात्रै भनेर बोल्ने काम सरकारमा बस्नेहरूले गरिरहेका छन् । संसदीय छानबिन समितिले पनि भदौ २३ भित्र प्रतिवेदन तयार गरेर सरकारलाई नै बुझाउँदै छ । त्यो छानबिनले जसजसलाई दोषी देखाउँछ तिनीमाथि कारबाही गर्ने काम त सरकारको हुँदै हो, मुख्य कुरा चाहिँ सर्वसाधारणको बचत फिर्ता हो । त्यसका लागि फरार भएका सहकारी सञ्चालकहरूलाई जति सक्दो छिटो पक्रन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.