नेपाल आयल निगम महेन्द्रनगर डिपोका कर्मचारीको हत्या

नेपाल आयल निगम महेन्द्रनगर डिपोका कर्मचारीको हत्या
तस्बिर : अन्नपूर्ण

जनकपुरधाम : धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो ।

नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आयल निगमकै दुई कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको हत्या भएको हो । बिहीबार राति १० बजेतिर उक्त घटना भएको हो। घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.